Thursday, March 28, 2024
Homeमुख्य खबरसामुदायिक रेडियो समुदाय केन्द्रित हुनुपर्ने

सामुदायिक रेडियो समुदाय केन्द्रित हुनुपर्ने

- Advertisement -spot_img

तुलसीपुर, १४ असार ।
सामुदायिक रेडियोलाई समुदायमैत्री बनाउन नागरिकका जीवनशैलीसँग जोडिएका विषयलाई अधिकतम रुपमा समेट्ने तुलसीपुरमा सहभागी रेडियोकर्मीले प्रतिवद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघ काठमाडौँको प्राविधिक सहयोगमा रेडियो हाम्रो पहुँच तुलसीपुरले आयोजना गरेको तीनदिने क्षमता विकास तालिमको समापन अवसरमा सहभागी सामुदायिक रेडियोकर्मीले सामुदायिक रेडियो समुदाय केन्द्रित हुनुपर्र्नेे बताएका छन् ।

सहभागी रेडियोकर्मीले बढ्दो प्रविधिको विकाससँगै रेडियोको चुनौती बढ्दै गएको अवस्थामा सामुदायिक रेडियोकर्मीले नागरिकको जीवनशैलीसँग जोडिएका विषयलाई महत्वका साथ उठाउनुपर्नेमा बताएका छन् । उनीहरुले सबै नागरिकलाई रेडियोसँग जोड्न प्रविधिसँग जोड्नुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले पत्रकारले राजनैतिक परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले समाज रुपान्तरणका लागि समाजमा हुने हरेक असल र खराब कुराको विषयमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताए ।

नगरप्रमुख खड्काले पत्रकारिता पेशालाई मर्यादित र विश्वासिलो पेशा बनाउन पत्रकारले सत्यतथ्य बुझेर मात्रै कलम चलाउनुपर्ने बताए । कार्यक्रममा प्रशिक्षक सामुदायिक रेडियो प्रसारक संघ सिआईएनका म्यानेजर दिपक आचार्यले नेपालको परिपे्रक्षमा सूचनाको भरपर्दो माध्यम रेडियो नै भएको बताए ।

उनले सञ्चार माध्यमहरुमा गरिएको सर्वेक्षणमा सबैभन्दा बढी प्रयोग गरिने सञ्चार माध्यमको रुपमा रेडियो रहेको हुँदा रेडियो सुन्ने ब्यक्ति घटे भनेर चिन्ता मान्नुपर्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा सहभागीका तर्फबाट सामुदायिक रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी, सामुदायिक रेडियो प्रकृतिका बजार प्रमुख प्रेमा कुमारी मगर, सामुदायिक रेडियो पाठशालाका प्रशासन प्रमुख गोपालप्रसाद उपाध्यायलगायतले सामुदायिक रेडियालाई समुदायमैत्री बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here