- Advertisement -spot_img
Sunday, July 3, 2022
Homeमुख्य खबरवडाको सिफारिसबाट सिमावर्ती क्षेत्रबाट मलखाद

वडाको सिफारिसबाट सिमावर्ती क्षेत्रबाट मलखाद

- Advertisement -spot_img

घोराही, ९ असार ।
नागरिक समाज दाङले मलखादको सहज आपूर्तिका लागि सहजीकरण गरिदिन र वर्षायाम लागेकाले विपद्जन्य घटना न्यूनीकरणका लागि सतर्कता अपाउन स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

खेतीपातीको मौसम शुरू भईसकेकाले कृषकले मलखाद अभावमा वर्षेबाली लगाउन नसक्ने अवस्था हुन नदिन जसरी पनि मलखादको व्यवस्थाका लागि पहल गर्न माग गरेको हो ।

समाजका संयोजक केबि मसालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले खेतीपातीको सिजन शुरू भई सक्दा पनि कृषकले मल, बीउलगायत कृषिसम्बन्धी अत्यावश्यक सामग्री नपाई रहेको हुँदा कृषिसम्बन्धी सबै प्रकारका सामग्री छिमेकी मुलुक भारतबाट आवश्यकताका आधारमा ल्याउन दिने वातावरण मिलाउन विशेष आग्रह गरेको छ ।

वडा कार्यालय, कृषि सहकारीको सिफारिसका आधारमा कृषकलाई चाहिने मल लिएर खेतबारीमा प्रयोग गर्न दिने गरी व्यवहारिक रूपमा हालको समस्याको निकास निकाल्न अपिल गरिएको संयोजक मसालले बताए ।

उनका अनुसार मलखाद र बीउबिजनको अभावका खेतीपाती गर्न असम्भव रहेकाले कृषकको पीडालाई बुझेर वडा कार्यालय वा सहकारी संस्थाको सिफारिसलाई आधार मानेर सिमावर्ती क्षेत्रबाट आवश्यक पर्ने मलखाद ल्याउन दिने व्यवहारिक अनुमति दिइएको छ । तर, यसको दुरूपयोग नहोस् भन्नका लागि प्रहरी प्रशासन र स्थानीय तहमार्फत अनुगमन गर्न पनि अपिल गरिएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गत जेठ २० गते दाङका १० वटै पालिका प्रमुखहरूलाई बोलाइएको बैठकमा घोराही उपमहानगरपालिका प्रमुख बाहेकसँगको छलफलमा किसानलाई मल, बीउको सहज व्यवस्थाका लागि संघ सरकारको ध्यानाकर्षण गराउने, अर्को व्यवस्था नभएसम्मका लागि सहकारी संस्थामार्फत सिफारिस भई आएको कागजातका आधारमा सिमावर्ती क्षेत्रबाट मल आपूर्ति गर्ने व्यहारिक सहमति भएको छ ।

सोही आधारमा अहिले आन्तरिक रूपमा दंगीशरण, राजपुर र गढवा गाउँपालिकामा धेरैजसो सहकारी संस्थाहरूले मलखाद ल्याई सकेको उनको भनाइ थियो । यस्तै, उनले देउखुरी क्षेत्रमा राप्ती बेसीनलाई आधार मानेर स्थानीय सरकारसँगको सहकार्यमा पूर्वतयारी र सचेतनाका कार्यक्रम निरन्तर भइरहेको बताए ।

त्यस्तै दाङको उपत्यकाको खहरे खोला र बबई नदीलाई आधार मानेर पनि पूर्वतयारी सचेतनाका कार्यक्रम भईरहेको बारे अवगत गराएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए । बैठकमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल, पूर्व संयोजक चन्द्रराज पन्त, सदस्य पद्मप्रसाद शर्मा, नागरिक अगुवाहरू श्रीमण न्यौपाने, बसन्तराज भट्टलगायतको उपस्थिति थियो ।

मूल्यवृद्धि फिर्ताको माग
नागरिक समाज दाङले पेट्रोलियम पदार्थमा भईरहेको अस्वाभाविक मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । समाजका संयोजक केबि मसालको अध्यक्षतामा घोराहीमा बसेको बैठकले दक्षिण एसियामै बितेको दुई महिनाको अन्तरालमै नेपालमा सात पटक उच्च मूल्यवृद्धि गरी उपभोक्ताको ढाड सेक्ने काम भएकाले असहज अवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थमा लगाइँदै आएको सबै प्रकारका कर हटाई खुद खरिद मूल्यमै उपलब्ध गराउन नेपाल सरकारसँग अनुरोध गरेको छ ।

यस्तै, खेतीपातीको सिजन सुरू भई सक्दा पनि कृषकले मल, बीउलगायत कृषिसम्बन्धी अत्यावश्यक सामग्री नपाई रहेको हुँदा कृषिसम्बन्धी सबै प्रकारका सामग्री तत्काल सहज रूपमा पाउने व्यवस्था मिलाउन सरकारसँग माग गर्दै आवश्यक पहलका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण गराउने भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लामो समयदेखि तालाबन्दीका कारण पठनपाठन–लगायत शैक्षिक कार्यक्रम सञ्चालनमा कठिनाई उत्पन्न भएकाले सम्वद्ध पक्षसँग अबिलम्ब छलफल गरी शैक्षिक गतिविधि सुचारू गर्न ध्यानाकर्षण गराएको छ ।

मनसुनजन्य विपद्का कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विपद् पूर्वतयारी र सचेतनाका लागि सम्वद्ध सबै पक्ष र निकायलाई चनाखो भई काममा जुट्न समाजले अपिल पनि गरेको छ । यस्तै, समाजलाई पारदर्शी र विश्वसनीय बनाउन संस्थागत रूपमा गर्ने कामको जिम्मेवारी पनि बाँडफाँड पनि बैठकले गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

AllEscort