- Advertisement -spot_img
Sunday, July 3, 2022
Homebreaking-newsतुलसीपुर उपमहानगरको नीति तथा कार्यक्रम, नारा नयाँ, नीति पुराना

तुलसीपुर उपमहानगरको नीति तथा कार्यक्रम, नारा नयाँ, नीति पुराना

- Advertisement -spot_img

दाङ, ८ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार उपमहानगरको नीति तथा कार्यक्रम नगर प्रमुख टिकाराम खड्काले सार्वजनिक गरेका हुन् । निर्वाचन पछिको पहिलो नीति तथा कार्यक्रममा जनप्रतिनिधिहरूले नयाँ योजनाभन्दा पुरानै योजना र नीतिलाई बढी चर्चा गरिएको छ ।

कृषि सिँचाइ, रोजगारी, शिक्षा स्वास्थ्य र पर्यटन र विकासलाई प्राथमिकतामा राखेको देखिन्छ । यिनै मुद्दा विगतमा सार्वजनिक भएका उपमहानगरपालिका नीति तथा कार्यक्रममै सार्वजनिक भएका थिए । तर सुधार हुन सकेन । यस पटक पनि यिनै विषयले बढी चर्चा पाएका छन् ।

‘समृद्ध तुलसीपुर सधैका लागि, सबैका लागि’ बनाउने नारा यस पटक लिइएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख टिकाराम खड्काले तथ्यमा आधारित योजना तर्जुमाको सिद्धान्तलाई आत्मसात् गरेको बताएका छन । उपमहानगरको भूगोल, समाज र अर्थतन्त्रलाई सूक्ष्म रूपमा पहिचान र दस्तावेजीकरण गर्न बृहत् वडागत प्रोफाइलिङको थालनी गर्ने योजना पनि सुनाएका छन् ।

‘मेरो नगर, मेरो नक्सा’ भन्ने नाराका साथ उपमहानगरपालिका अन्तर्गत पर्न आउने सबै प्रकारका जग्गा, वन, नदीनालाहरूको सेटलाइट नक्सा तयार गर्ने । संगोल रूप एकीकृत डिजिटल नक्सा तयार पारिने र ‘मेरो डाँडा, मेरो डाटा, समृद्धिको मेरो खाका’ भन्ने नाराका साथ चालु र भावी आर्थिक वर्षमा गरिने कृषि, सिँचाइ र बजारीकरणका पूर्वाधार, अनुदान उपलब्धताका विषयलाई महत्व दिइएको छ ।

नीति तथा कार्यक्रममा कृषि लाई पहिलो भू–उपयोग नियमावली २०७९ को अवधारणामा रही कृषि प्रोफाइलिङमा आधारित कृषि सुदृढीकरण कार्यक्रमलाई मूलभूत कृषि योजनाको रूपमा प्रस्ताव गरी कृषिगत जमिनको संरक्षण र उपभोगलाई प्रोत्साहन गरिने जानकारी गराइएको छ ।

भूउपयोग नीति निर्माण गरी जग्गाको वर्गीकरणका साथै कृषि उत्पादनको कम्तीमा दुईवटा पकेट क्षेत्र निर्धारण गरिनेछ । ‘एक वडा–एक कृषि प्राविधिक’ ‘एक टोल एक कृषि समूह’को नीति लिइएको छ । किसानहरूलाई प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने दावी खड्काको छ । प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन गरिने, व्यावसायिक कृषि तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न किसानहरूलाई यन्त्र, औजारलगायत प्राविधिक सहयोगलाई वडास्तरबाटै निरन्तरता दिइने भएको छ ।

उन्नत बीउको प्रयोगलाई बृद्धि गर्न कृषकहरूलाई उन्नत बीउको प्रयोगमा ५० प्रतिशत अनुदान दिने बीउ प्रतिस्थापन दरमा बृद्धि गरिने नीति उपमहानगरले अगाडि सारेको छ । कृषि विद्युत मिटर प्रयोग गरी सिँचाइ गर्ने कृषकहरूलाई विद्युत महशुलमा छुट, व्यावसायिक कृषक र कृषि समूहहरूलाई प्रोत्साहन गर्न पुरस्कृत गर्नुका साथै कृषक परिचयपत्र वितरण गरिन र घर निर्माण गर्दा कौसी खेतीको संरचना बनाउन प्रोत्साहन गरिने नीति लिइने भएको छ ।

पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सञ्चालन एवं प्रयोगशालामा सुधार गरी सेवालाई निरन्तरता दिनुका साथै पशुहरूमा लाग्ने संक्रामक रोगहरू विरूद्ध खोप कार्यक्रम सञ्चालन गरिने, पशुपंक्षीको नश्ल सुधारजस्ता नीतिहरू लिइएको छ । अभियान अन्तर्गत नश्लसुधारका लागि कृत्रिम गर्भाधारण कार्यक्रमलाई निशुल्क गरिनेछ ।

अनुदान बढाउने नीति नगरबको देखिएको छ । व्यावसायिक पशुपालनका लागि भकारो सुधारका साथै पशुजन्य उत्पादनको सुरक्षित भण्डारण एवं गुणस्तर कायम गरी माछा, मासु, दही, दूधलगायतका किसानका पशु उत्पादनलाई बजार प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।

हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न ५०% अनुदानमा बर्षे÷हिउदे घाँसको बीउ उपलब्ध गराउने कार्यक्रम ल्याइने आधुनिक बधशाला निर्माणको काम अघि बढाइने नीति तथा कार्यक्रम रहेको छ । त्यस्तै उद्योग व्यवसाय, रोजगारी, गरिवी निवारणअन्तर्गत लघु तथा साना उद्यम व्यवसाय, कृषि तथा पशु सेवासम्बन्धी कुनै पनि व्यवसाय दर्तामा सहुलियत प्रदान गरिने, महिला, दलित, अल्पसङख्यक, अपाङ्गता भएका व्यक्ति, सहिद तथा जनआन्दोलनका घाइते परिवार, विदेशबाट फर्किएर स्थानीय स्तरमा कुनै व्यवसाय दर्ता गरी सञ्चालन गर्न चाहेमा सहुलियत प्रदान गरिने नीति ल्याइएको छ ।

ग्रामीण क्षेत्रमा स्थापना हुने उद्योगहरूलाई व्यवसाय करमा ५०% छुट दिइने उद्योग व्यवसाय प्रवद्र्धनका लागि युवाहरूको आकर्षण बनाउन विषेश कार्यक्रम ल्याइनेछ ।

त्यसैगरी उपमहानगरपालिकाभित्र रहेका सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूसँग आवश्यक समन्वय गरी कृषि, पर्यटन, उद्योग तथा व्यवसायमा लगानी गर्न प्रोत्साहित गरिने ‘मेयर उद्यमी कर्जा’ कार्यक्रम मार्फत वित्तीय संस्थासँग कोष साझेदारी गरी उद्यमका लागि कर्जा उपलब्ध गराउने नीति सार्वजननिक भएको छ ।

पर्यटकीय स्थलसम्म पुग्न सडकको स्तरोन्नती तथा पदमार्गहरू निर्माण, थर्काेट, सुईकोट, छिल्लीकोट, चमेरे गुफा, जन्तीढुङ्गालगायतमा पर्यटन मार्ग निर्माण गरिने राप्ती शान्ति उद्यानलगायतका पार्क, बगैचा ताल, दहहरूको संरक्षण सम्बद्र्धन र निर्माण तथा विस्तारकोे कार्यलाई निरन्तरता दिइने मेयर खड्काले बताए ।

तुलसीपुर मेट्रो कलेजमा लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयको पठनपाठन सुरूवात् गरिने, नेपाल संस्कृत विश्वविद्यालय, तुलसीपुर बहुप्राविधिक शिक्षालय, राप्ती बबई बहुमुखी क्याम्पस, जनता विद्यापीठ क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुधार गर्न शैक्षिक सुधार रणनीति तथा कार्ययोजनालाई निरन्तरता दिइने भएको छ ।

त्यसैगरी सामुदायिक विद्यालयहरूलाई नमुना बनाउनका लागि पाइलटिङको रूपमा वडामा एक/एकवटा तहगत नमुना विद्यालयको विकास गरिने भएको छ ।

तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई स्तरोन्नती गरी गुणस्तरीय र सर्वसुलभ उपचारात्मक तथा निदानात्मक सेवालगायत विशिष्ट सेवाहरू सञ्चालन गरिने, अस्पतालमा न्यूनतम शुल्कमा उपचारको व्यवस्था मिलाइने साथै अन्य क्षेत्रमा पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याइने नीति अघि सारिएको छ ।

तुलसीपुर उपमहानगरलाई बालश्रममुक्त, सडक बालबालिका र सडक मानवमुक्त नगर स्थापना कार्यलाई निरन्तरता दिइनेछ । असहाय, अनाथ, बेवारिसे बालबालिकाहरूको संरक्षण तथा विषेश सुरक्षा प्रदान गर्न पहल गरिने नीति छ ।

विदेश पलायन हुने युवाहरूलाई स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गरिने र युवा उद्यमशीलताका लागि तालिम, व्यावसायिक तथा सिपमूलक शिक्षा, ईन्टनरसीप, स्टार्टप, युवा केन्द्रित बीउ पुँजीको व्यवस्था गरी करीब एक हजार युवाहरूलाई तुलसीपुरमै रोजगारीको अवसर सिर्जना गरिने महत्वकांक्षी योजना अघि सारिएको छ ।

सडक, पुल, यातायात, उपमहानगरभित्र निर्माण गरिने सबै सडकहरूलाई सहरी र ग्रामीण सडक जस्ता वर्गहरूमा मानकीकरण गर्ने र लगतकट्टा गरी मात्र सडक निर्माण गर्ने गरी सडकसम्बन्धी राष्ट्रिय मापदण्ड लागू गर्ने उल्लेख गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

AllEscort