- Advertisement -spot_img
Saturday, July 2, 2022
Homebreaking-newsतुलसीपुरका जनप्रतिनिधिको विवाद समाधानउन्मुख

तुलसीपुरका जनप्रतिनिधिको विवाद समाधानउन्मुख

- Advertisement -spot_img

विषयगत समितिमा हेरफेर गर्ने सहमति


तुलसीपुर, ८ असार ।
विषयगत समिति गठनमा पेलान र कार्यपालिकामा बुहुमत अल्पमतको अभ्यास भएको तुलसीपुर उपमहानगरपालिकामा दुबै पक्षबीच सहमतिको प्रयास भएको छ । मंगलबार बिहान भएको वार्तामा नगर प्रमुखले बहुमतको आधारमा गठित विषयगत समितिमा हेरफेर गरेर संयोजनक तोक्ने प्रतिवद्धता जनाएपछि दुबै पक्ष सहमतिउन्मुख भएका हुन् ।

नगर कार्यपालिकाको बैठक, विषयगत समिति र पालिकाका हरेक गतिविधिमा समानुपातिक सहभागिता गर्ने/गराउने गरी नगरप्रमुखले प्रतिवद्धता गरेपछि रूष्ट भएका जनप्रतिनिधिहरू सहमतिमा आएको नगर प्रमुख टिकाराम खड्काले बताए ।

आफूहरूका प्रस्तावहरू माथि छलफल हुने र विषयगत समिति हेरफेर हुने केही थप गरिने, गठन गरिएका समितिहरूमा सदस्य थप गर्ने गरी आफूहरू सहमतिमा आएको तुलसीपुर उपमहानगरपालिका–९ का वडा अध्यक्ष घनश्याम ढकालले बताए । एमाले निकट जनप्रतिनिधि, गठबन्धन दल र स्वतन्त्रतर्फका जनप्रतिनिधिबीच सहमति भएपछि मंगलबारको नीति तथा कार्यक्रममा सबै अध्यक्षको सहभागिता भएको उनले बताए ।

बैठकबाट बाहिरिएसँगै नगरप्रमुख टिकाराम खड्काले समिति गठनमा कमीकमजोरी भएको र त्यसलाई पुनः हेरफेर गर्ने सहमति भएपछि उनीहरू नीति तथा कार्यक्रममा सहभागी भएका थिए । पालिकामा विषयगत समिति गठन गर्दा एकपक्षिय नभई समान सहभागी हुनुपर्ने हरेक निर्णयहरू समानुपातिक ढंगले गर्ने, विषयगत समितिहरूमा सदस्य हेरफेर गर्ने र वडामा पठाइएको ७० लाखको बजेट सिलिङमाथि पुनःसमिक्षा गर्ने सहमति भएको छ । त्यसका लागि आज कार्यपालिका बैठक बसेर सबै टुङ्ग्याउने निर्णय गरिएको छ ।

समय अभावका कारण छोटो समयमा समितिहरू गठन गरी बजेटमाथि छलफल गर्नुपर्ने भएकाले सबैको धारणाहरू सुन्ने र त्यसमाथि छलफल गर्न नसकिएको उनले स्विकार गरे । तर अब हुने कार्यपालिकाको बैठकमा सबै दलका जनप्रतिनिधिहरूको समान प्रतिनिधित्व हुने उनले बताए ।

उनका अनुसार जनप्रतिनिधिहरूको गुनासोलाई ध्यानमा राख्दै आज बुधबार बस्ने कार्यपालिकाको बैठकमा गठन भइसकेका विषयगत समितिमा सदस्यहरू थप गरिनेछ । युवा तथा खेलकुद, सहकारी र स्थानीय प्राकृतिक श्रोतसाधन व्यवस्थापन समिति, पेट्रोल पम्प सञ्चालन समिति गठन गरी उक्त समितिमा गठबन्धनको प्रतिनिधित्व हुने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

AllEscort