- Advertisement -spot_img
Sunday, July 3, 2022
Homeमुख्य खबरसुझाव संकलन र योजना निर्माणमा जनप्रतिनिधि

सुझाव संकलन र योजना निर्माणमा जनप्रतिनिधि

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, ८ असार ।
सल्यानका जनप्रतिनिधिहरूले वडा र टोल–टोलमा गएर बजेट निर्माणका लागि जनतासँग सुझाव सङ्कलन र योजना निर्माण गरिरहेका छन् । एक महिना अघि भएको स्थानीय तहको चुनावबाट निर्वाचित जिल्लाका दशवटै स्थानीय तहहरूका जनप्रतिनिधिहरूले आर्थिक वर्षको बजेट निर्माणका लागि जनताहरूको राय, सुझाव सङ्कलनमा व्यस्त भएका हुन् ।

जनप्रतिनिधिहरूलाई निर्वाचनका क्रममा मतदातालाई दिएका आश्वासन र अपेक्षा सम्बोधन गर्नुपर्ने दबाब त छ नै आफ्नो स्थानीय तहलाई समृद्ध बनाउने दिर्घकालीन योजना समेट्नु पर्ने भएकाले अहिले जनप्रतिनिधिहरू नागरिकसँगै थप सुझाव पनि सङ्कलन गरिरहेका छन् ।

चुनावका बेला गरेका प्रतिवद्धतालाई ध्यान दिएर आर्थिक वर्षको नीति कार्यक्रम र बजेट ल्याउन लागेको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । जनप्रतिनिधिको चाहनाभन्दा पनि जनताको चाहना र मागका आधारमा रहेर बजेट ल्याउने उनले बताए ।

उनका अनुसार जनताको राय, सुझाव सङ्कलनको लागि पहिलो चरणमा वडाका टोल बस्तीमा गएर भेटघाटसहितको सुझाव, योजनाको प्राथमिकीकरण, सरोकारवालाहरू, संघसंस्था, राजनीतिक दलहरूसहितको सुझाव सङ्कलन र पालिकास्तरमा अन्तरक्रियात्मक गोष्ठीमार्फत सङ्कलन गरिएको छ ।

सुझाव सङ्कलनमा नागरिकले विशेषगरी कृषिमा जोड, गाउँमै रोजगारीका कार्यक्रम ल्याउनुपर्ने, जनताले लाभ लिने खालका योजना ल्याउनुपर्ने, बाह्रैमास सञ्चालन हुने सडक निर्माण गर्नुपर्ने, सिँचाइ र खानेपानीको माग गरेको अध्यक्ष केसीले बताए ।

निर्वाचित भएर पदभार ग्रहण गरेको छोटो समय भएकाले प्रत्यक्ष जनताको बीचमा जान नसके पनि वडा अध्यक्षमार्फत वडा र टोलमा गएर जनताको सुझाव सङ्कलन गरिरहेको शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले बताए । नागरिकका के–के योजना रहेका छन् भनेर नगरपालिकाले निःशुल्क टोल फ्रि नम्बरको पनि व्यवस्था गरेको बताए ।

मुख्य कुरा शिक्षा, स्वास्थ्य र विद्युतलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । कतिपय पुराना योजना भएकाले योजनालाई पनि समेटेर निरन्तरता दिने र केही नयाँ योजना बनाउनु बताए ।

बजेट बनाउँदै गर्दा जनताका सकारात्मक सुझावको अपेक्षासहित सार्वजनिक रूपमै सूचना जारी गरेर योजना माग गरिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताए । कृषि शिक्षा, स्वास्थ्य र विभिन्न निकायका विज्ञ व्यक्तिहरूसँग पनि सुझाव मागेर बजेट ल्याउन लागेको उनले बताए ।

कपुरकोट तरकारीको पकेट क्षेत्र भएकाले कृषिमा जोड दिनको लागि किसानहरूसँग पनि प्रत्यक्ष भेटेर सुझाव सङ्कलन गरिरहेको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐनले असार १० गतेभित्र बजेट ल्याई सक्नुपर्ने व्यवस्था गरेको छ । त्यसैले जिल्लाका दशवटा तह यतिबेला बजेट निर्माणमा लागेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

AllEscort