- Advertisement -spot_img
Sunday, July 3, 2022
Homeमुख्य खबरराप्तीमा शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

राप्तीमा शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

- Advertisement -spot_img

भालुवाङ, ८ असार ।
दाङको राप्ती गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकता राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार मसुरियामा आ.व. ०७९/८० का लागि गाउँपालिकाको समग्र विकास निर्माण, सुशासन र सामाजिक विकासलाई केन्द्रित गर्दै नीति तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा अध्यक्ष प्रकाश विष्टले शिक्षा, स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा आगामी आवदेखि सामुदायिक विद्यालयतर्फ बालविकास शिक्षा देखि १० कक्षासम्म पूर्णरूपमा निशुल्क गराउने, शिशु कक्षादेखि ६ कक्षासम्म दिवा खाजाको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

त्यस्तै पूर्व प्राथमिक कक्षामा अध्ययनरत बालबालिकालाई पुस्तकको भारी, मेरूदण्ड र मष्तिस्कको बोझलाई हटाउन खेल्दै हाँस्दै सिकाइ अभियान सञ्चालन गर्ने, सामुदायिक विद्यालयहरूमा शिशु स्याहार कक्षा सञ्चालनका लागि अभिभावकसँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गर्ने, सामुदायिक विद्यालयमा कक्षा १–१२ मा अध्ययनरत सबै बालबालिकालाई नेपाल सरकारले तोकेबमोजिम निःशुल्क पाठ्यपुस्तकको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सामुदायिक विद्यालयमा माध्यमिक तहसम्ममा अध्ययनरत सबै छात्राहरूका लागि महिनावारीको समयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराई छात्राहरूको कक्षा छाड्ने दरलाई घटाउने, कक्षा १ देखि ८ सम्म अध्ययनरत सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा, दलित, अपाङ्गता भएका विद्यार्थी तथा विपन्न वर्गका बालबालिकाहरूलाई छात्रवृत्तिको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

विद्यालयमा भौतिक पूर्वाधार विकासको सन्दर्भमा बालमैत्री, अपाङ्गमैत्री, सूचना प्रविधिमैत्री तथा भूकम्प प्रतिरोधीमैत्री विद्यालय भवन, शौचालय निर्माण कार्यलाई निरन्तरता दिइने र राप्ती गाउँपालिका भित्रका गुरूयोजना तयार गर्ने, सबै तह र विषयका शिक्षकहरूको क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, प्रविधिमैत्री कक्षाकोठा र शिक्षण सिकाइ सामग्रीको व्यवस्थापनमार्फत शिक्षामा गुणस्तर सुधार गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक विद्यालयमा माध्यमिक तहसम्ममा अध्ययनरत सबै छात्राहरूका लागि महिनावारीको समयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराई छात्राहरूको कक्षा छाड्ने दरलाई घटाउने, कक्षा १ देखि ८ सम्म अध्ययनरत सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा, दलित,अपाङ्गता भएका विद्यार्थी तथा विपन्न वर्गका बालबालिकाहरूलाई छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
यसैगरी नीति तथा कार्यक्रममा विद्यालयमा भौतिक पूर्वाधार विकासको सन्दर्भमा बालमैत्री, अपाङ्गमैत्री, सूचना प्रविधिमैत्री तथा भूकम्प प्रतिरोधीमैत्री विद्यालय भवन, शौचालय निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।

राप्ती गाउँपालिकाभित्रका गुरूयोजना तयार गर्ने, सबै तह र विषयका शिक्षकहरूको क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, प्रविधिमैत्री कक्षाकोठा र शिक्षण सिकाइ सामग्रीको व्यवस्थापनमार्फत शिक्षामा गुणस्तर सुधार गर्ने गरी कार्यक्रम सञ्चालन गर्नेलगायतका विषयवस्तु शिक्षा क्षेत्रमा अगाडि सारिएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षमा स्वास्थ्यतर्फ कम्तिमा एकवटा स्वास्थ्य संस्थामा विशेषज्ञ स्वास्थ सेवासहित आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्ने । साथै गर्भावस्थामा कम्तिमा एकपटक घर–घरमा गई तालिमप्राप्त नर्सबाट युएसजी मेसिनद्वारा गर्भ जाँच तथा परामर्श सेवा प्रवाह गर्ने, संस्थागत प्रसूतिलाई प्रोत्साहन गर्दै शून्य होम डेलिभरी घोषणा गर्दै जाने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थामा प्रसूति भएकालाई उपाध्यक्ष कोशेली कार्यक्रमलाई निरन्तरता दिने साथै चालु आर्थिक वर्षमा कम्तिमा दुईवटा वडाहरूलाई शून्य होम डेलिभरी वडा घोषणा गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै कार्यक्रममा सरूवा रोग नियन्त्रणअन्तर्गत कोभिड १९ रोग, क्षयरोग, कुष्ठरोग, एचआइभि एड्स, झाडापखालालगायत सबै खालका सरूवा रोग नियन्त्रण गरी समुदायमा महामारी फैलन नदिन विभिन्न उपायहरू अबलम्बन गर्ने, कम्तिमा १० वटा रोगको पहिचान तथा अनुसन्धान गर्ने र न्यूनीकरणका लागि कार्यविधि बनाउने, गाउँपालिका तथा वडा कार्यालयमा पोषणकक्ष स्थापना गरी सञ्चालन गरिनेछ ।

साथै शौचालयहरूमा सेनिटरी प्याड राख्ने व्यवस्था गर्ने, स्वास्थ्य सेवाको पहुँच नपुगेका दुर्गम पहाडी क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन रोमिङ स्वास्थ्य सेवा कार्यक्रम निरन्तरता दिइनेछ तथा स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।

स्वास्थ्य शिविर, खोप क्लिनिक, गाउँघर क्लिनिक, परिवार नियोजन र पूर्ण खोपलगायत अन्य स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिई स्वास्थ्य सूचकाङ्क वृद्धि गर्ने नीति अबलम्वन गर्ने, बढ्दो आत्महत्यालाई न्यूनीकरण गर्न मनोपरामर्श, जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सडक दुर्घटना, जटिल प्रसूतिलगायत आकस्मिक उपचारका लागि एम्बुलेन्स सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने, आयुर्वेद स्वास्थ्य प्रवद्र्धनमा जोड दिई नागरिक आरोग्य केन्द्रमार्फत प्रदान गरिने सेवालाई विस्तार गर्ने, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू र आमा समूहका सदस्यहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रोत्साहन गर्ने नीति अबलम्वन गरिने छ साथै क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै कार्यक्रममा घर–घरमा गई ज्येष्ठ नागरिकको जाँच तथा उपचार र विद्यालय नर्स कार्यक्रममा समन्वय गर्ने, गाउँपालिकाभित्रको स्वास्थ्य प्रोफाइल निर्माण गर्ने, मानव अंग प्रत्यारोपण गर्ने व्यक्तिहरूका लागि सहजीकरण गर्ने, ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियानअन्तर्गत रेकि हिलिङ्ग कार्यक्रम सञ्चालन गर्ने नीति अबलम्बन गर्ने योजना अगाडि सारेको छ ।

अध्यक्ष विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषितर्फ चक्लाबन्दी खेतीका लागि आवश्यक नीति, नियम, निर्देशिका बनाई भूमि बैँक स्थापना गर्न नीतिगत व्यवस्था गर्ने र भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका लागि आगामी आर्थिक वर्षमा जग्गाको निस्सा वा लालपूर्जा वितरण कार्य गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायिकरणमार्फत रोजगारी र आयवृद्धि गरी राप्ती गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गराउने नीति अबलम्वन गरिएको छ ।

प्राङ्गारिक खेतीसँगै खेर गईरहेको जग्गाको सदुपयोग गरी कृषि क्षेत्रको विस्तार गर्ने, अर्गानिक खेतीमा जोड दिई विस्तारै विषादीमुक्त क्षेत्र बनाइने, कृषि पेशालाई सम्मानित र आकर्षक बनाउन लक्षित कार्यक्रम सञ्चालन गर्ने, दुर्गम तथा पिछडिएका बस्तीमा नगदे बालीमा प्रोत्साहन गरी आयस्तर बढाई कृषकको जीवनस्तर सुधार गर्ने, पालिकाभित्रको विभिन्न स्थानमा माटो परिक्षण गराई माटो सुधारका लागि ढैँचा खेती तथा कृषि चुन वितरण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

राप्ती गाउँपालिकाका किसानहरूको सूचीकरण गरी किसान परिचयपत्र प्रदान गर्ने, उत्पादित वस्तु (तरकारी फलफूल) बजारीकरणका लागि संकलन केन्द्र स्थापना गरी ढुवानीको लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, पालिकाभित्र तरकारीको पकेट क्षेत्र रहेका वडामा कुलबुट (चिस्यान केन्द्र) स्थापना गर्ने, भौगोलिक सम्भाब्यताका आधारमा पशुपालन पकेटलाई बिस्तार गर्ने उद्देश्यका साथ यस बर्ष बाख्रापालन पकेट क्षेत्र विस्तारका लागि यस गाउँपालिकाको पहाडी भेगमा केन्द्रित गरी कार्यक्रम सञ्चालन गर्ने र सम्भाब्यतका आधारमा पकेटमार्फत पशुसेवाका कार्यक्रम क्रमस बिस्तार गरिदै लैजाने, स्वस्थकर पशुजन्य उत्पादन उपभोक्तासम्म पु¥याउनका लागि दूध, मासु, अन्डा तथा माछाको सुब्यवस्थित बजार विकासलाई क्रमस अगाडि बढाउने नीतिअनुरूप यस वर्ष मासु बजारको व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।

दूग्ध उत्पादनमा सहयोग पु¥याउन साझेदारीमा मिल्क क्यान तथा विद्युतीय च्यापकटर वितरण गर्ने, सहकारी संस्थामार्फत दूध बिक्री गर्ने दूग्ध उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्न कार्यविधि तयार गरी उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने, पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमलाई कृषक तथा गाउँपालिकाको साझेदारीमा थप व्यवस्थित गरी सञ्चालन गर्ने, बाख्रामा नश्ल सुधारको लागि साझेदारीमा बोयर जातका बोका वितरण गर्ने, मस्त्यपालन व्यवसायको क्षेत्र विस्तार गर्दै लैजाने उद्देश्यका साथ साझेदारीमा नयाँ पोखरी निर्माण तथा विस्तार गर्दै लैजानका लागि पोखरी निर्माणमा अनुदानको व्यवस्था गर्ने, मत्स्यपालक कृषकहरूको व्यवसायको प्रवद्र्धनका लागि उत्पादन सामग्रीमा सहयोग उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेको छ ।

बंगुरपालन पेशालाई मर्यादित बनाउन व्यावसायिक फार्ममार्फत बंगुरपालन गर्न प्रेरित गर्ने कार्यक्रम अघि बढाइने, बंगुरपालक कृषकहरूले उत्पादन गरेका उत्पादन स्वस्थ्यकर र गुणस्तरिय बनाउनका लागि विषेश सहयोग उपलब्ध गराउनेलगायतका विषयहरू समावेश गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

AllEscort