Saturday, March 23, 2024
Homebreaking-newsतुलसीपुर उपमहानगरमा भाँडभैलो, दुई मुख हुँदै जनप्रतिनिधि

तुलसीपुर उपमहानगरमा भाँडभैलो, दुई मुख हुँदै जनप्रतिनिधि

- Advertisement -spot_img

दाङ, ७ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधिहरू दुई मुख हुन थालेका छन् । नयाँ जनप्रतिनिधि आएपछि नगरमा नयाँ बहुमतको दम्भले भाँडभैलो मच्चिन सुरू भएको छ । नगर कार्यपालिका र नगरका गतिविधिमा जनप्रतिनिधिहरू दुई मुख हुन थालेका छन् । एमाले बहुमतको दम्भ देखाउन व्यस्त देखिन्छ भने, गठबन्धन आफ्नो अस्तित्वको रक्षामा देखिदा जनप्रतिनिधिहरू दुईतिर विभाजन भइरहेका छन् ।

नगरमा एमालेबाट निर्वाचित जनप्रतिनिधि र गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधिबीचको विवाददेखि नदीजन्य पदार्थको अवैध उत्खनन्, कर्मचारी सरूवा, आफू निकटका कर्मचारी करारमा नियुक्तिका विषयले प्राथमिकता पाएको छ ।

नगरकार्यपालिकाको पहिलो बैठकबाटै सुरू भएको विवाद कर्मचारी सरूवासम्ममा पुगेको हो । एमालेबाट निर्वाचित वडा अध्यक्षहरूले शाखाका प्रमुख र कर्मचारीहरूलाई औपचारिक कार्यक्रममै तपाईलाई सरूवा गरिन्छ भन्दै आएका छन् । दोस्रो नगर कार्यपालिका बैठकमा विषयगत समिति चयनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले एकलौटी गरेर गएपछि गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधिले कार्यपालिका बैठक बहिस्कारसम्म गर्ने अवस्था आएको थियो । त्यहिबाट विवादको जग बसेको देखिन्छ ।

कार्यपालिका बैठकमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विषयगत समिति छनौटमा एकलौटी गरेको गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले आरोप लगाएका छन् । तर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिलेले बहुमतको आधारमा विषयगत समिति चयन गरिएकोले एमालेले एकलौटी गरेको भन्न नमिल्ने दाबी गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिमा प्रमुख उपप्रमुखसहित ६७ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित छन् भने बाँकी गठबन्धनबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् । कार्यपालिकामा पनि एमालेको बहुमत छ ।

एमालेले कार्यपालिकामा बहुमतका आधारमा प्रतिपक्षलाई पेलेरै गएको गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधिको छ । यहि कारणले नगरका भाडभैलो मच्चिएको एक अध्यक्षले बताए । गठबन्धन दलबाट निर्वाचित वडा अध्यक्षहरूसँग नगर प्रमुखले सामान्य छलफलसमेत नगरेको उनीहरू बताउँछन् । कार्यपालिका बैठक बहिस्कार गरेका अध्यक्षहरूलाई बेवास्ता गर्दै बहुमतको दम्भले नगर प्रमुख अघि बढ्न खोजेको आरोप लगाइरहेका छन् ।

विषयगत समिति गठनमा पेलेर गएको कारण कार्यपालिका बहिस्कार गर्नुपरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकालले बताए । उनले प्रतिपक्षले बाध्यात्मक रूपमा दिनुपर्ने लेखासमिति बाहेक अन्य सात समितिमध्ये केही समितिको संयोजन पाउनुपर्ने बताए ।

नगर प्रमुखले पेलेर सबै समितिमा एमालेबाट निर्वाचितहरूलाई मात्रै संयोजक दिएको उनको भनाइ छ । यसरी पेलेर जान खोजेपछि हामीले सच्याउन माग गरेका हौं, उनले सच्याउन नमाने पछि कार्यापालिका बहिस्कार गर्नुे पर्ने अबस्था आयो । उनले यहि अवस्था रहि रहे नगर सभा, कार्यपालिका कुनैमा पनि ९ जना वडा अध्यक्ष सहभागी नहुने अवस्था भएको छ ।

स्रोत अनुमानको विषयमा छलफल नगरी हचुवाको भरमा सचिवलाई सिलिङ बठाइएको विरोधका आपत्ति जनाइएको छ वडा अध्यक्ष ढकालले भने, सबै वडा अध्यक्ष छलफल गरेर जानुपर्ने माग यथावत रहेको छ । त्यो सुधार नहुँदासम्म सहभागी नहुने गरी बहिस्कार गरिएको बताए ।

‘बजेटको सिलिङमा पनि त छलफल हुन प¥यो, स्रोतको पहिचान हुनुप¥यो’ उनले भने, ‘तर यो विषयमा नै नगएर कसरी बजेटको सिलिङ वडामा जान्छ ।’ ‘यो हचुवामा गरेर हुने विषय हो र ?’ उनले भने, ‘कार्यपालिका बहिस्कार गर्दा पनि छलफलको वातावरण बनेर मेयर साप पेलेर जाने योजनामा जानु भएको छ, त्यसले राम्रो गर्दैन की ?’

गठबन्धन दल नेकपा माओवादी केन्द्रबाट निर्वाचित तुलसीपुर–१२ का अध्यक्ष खुशीराम चौधरीले एमालेको दवदबाकै कारण नगर अस्तव्यस्त बन्न थालेको बताए । ‘नगरमा विषयगत समितिमै एमालेले एकलौटी गरेको देखियो’ उनले भने– ‘अरू कुरामा पनि एमालेले बहुमतको दम्ब देखाएको स्थिति छ, अब पनि फेरि केही गलत किसिमका काम भएको खण्डमा हामी चुप रहेर बस्दैनौँ ।’

तुलसीपुर उपमहानगर–पालिकाका नगर प्रवक्ता माघव वलीले नगरमा त्यस्तो कुनै पनि भाँडभैलो नभएको जिकिर गरेका छन् । उनले केही अध्यक्षहरू कार्यपालिका बैठकमा सहभागी नभएको त्यो हुनु उहाँहरूकै लागि राम्रो नहुने बताए  । उनले विषयगत समितिमा नगर प्रमुखको इच्छाअनुसार हुने भएकाले त्यहि अनुसार कार्यपालिकाले समिति सभापतिहरूको अनुमोदन भइसकेको बताए ।

नगरमा नयाँ जनप्रतिनिधि आएपछि केही अस्तव्यस्त भएको एक कर्मचारीले बताए । ति कर्मचारीका अनुसार नगरमा प्रमुख, उपप्रमुख केही सहज भएपनि उनीहरूका नजिकका वडा अध्यक्ष र वडा सदस्यका कारण भाँडभैलो मच्चिएको दावी छ । कार्यपालिकामा कार्यालयमा राजनैतिक आडमा गलत काम गराउने हावी देखिएको छ भने कर्मचारीलाई दुःख दिनेदेखि कर्मचारी सरूवासम्मका योजना सार्वजनिक हुन थालेको कर्मचारी बताउँछन् ।

उपमहानगरका उपमेयर स्यानी चौधरीले आफूलाई कुनै पनि जानकारी नभएको बताइन् । प्रदेश टुडेकर्मीसँगको संवादमा उपमेयर चौधरीले राजनीतिक आडमा नगरमा कुनै पनि किसिमले गलत काम हुन नदिने बताइन् । ‘नगरलाई राम्रो बनाउन सक्षम व्यक्तिको आवश्यक छ’ उनले भनिन राजनैतिक आस्था फरक भएकै कारण वा आफ्नो काम कर्मचारीले नगरेकै कारण कसैलाई सरूवा गर्ने कुरामा भ्रममा नपर्न आग्रह छ ।

खोलामा अवैध उत्खनन
तुलसीपुर उपमहान–गरपालिका विभिन्न खोलामा अहिले पनि अवैध उत्खनन् भइरहेको छ । तर नवनिर्वाचित जनप्रतिनिधिले अवैध उत्खनन रोक्न कुनै पनि किसिमको चासो दिएका छैनन् । तुलसीपुरको पातुखोला, ग्वारखोला, बबईलगायतका खोलामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको स्थानीयले बताएका छन् ।

खोला तथा नदीमा भइरहेको अवैध उत्खनन् रोक्न नवनिर्वाचित जनप्रतिनिधिले कुनै चासो नदिएको स्थानीयले बताएका छन् । दैनिक दिउँसोभन्दा रातीको समयमा गिट्टी, बालुवा उत्खनन् हुने गरेको तुलसीपुर–१२ का एक स्थानीयले बताए । ‘नयाँ जनप्रतिनिधि आएपछि खोलामा झनै् उत्खनन भइरहेको छ’ उनले भने– ‘खोलामा भइरहेको अवैध उत्खनन् रोक्न नगरका नयाँ जनप्रतिनिधिले कुनै चासो देखाएका छैनन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here