- Advertisement -spot_img
Saturday, July 2, 2022
Homebreaking-newsकिसानलाई मल, बीउ सहज बनाऊः काँग्रेस

किसानलाई मल, बीउ सहज बनाऊः काँग्रेस

- Advertisement -spot_img

दाङ, ६ असार ।
बर्खे खेतीका लागि किसानलाई मल, बीउ सहज गराउन नेपाली काँग्रेसले स्थानीय सरकारसँग माग गरेको छ । स्थानीय सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै काँग्रेसको तुलसीपुर नगर समितिले मल, बीउ सहज गराउन माग गरेको हो । नगर सभापति सुरेश हमालको नेतृत्व गएको टोलीले नगर प्रमुख टिकाराम खड्कालाई ज्ञापनपत्र बुझाइएको नगर सचिव विमल पौडेलले बताए ।

किसानले रासायनिक मल नपाएको भन्दै नेपाली काँग्रेस क्षेत्र नं. २ ले मलको सहजता हुनुपर्ने माग राखेको छ । प्रत्येक वर्षजस्तै यसवर्ष पनि रासायनिक मल अभावकै कारण किसानहरूले सास्ती खेप्नु परेको भन्दै सहज र सर्वसुलभ मूल्यमा मलको उचित व्यवस्थापन गर्न/गराउन माग राखेको हो ।

सोमबार नेपाली काँग्रेस क्षेत्र नं. २ को बैठकले यस्तो माग गरेको सचिन हिमबहादुर डाँगीले बताए । कृषकलाई सहजै रासायनिक मल उपलब्ध गराउनुपर्ने भएपनि यस विषयमा चासो नदिँदा किसानहरू मल अभावकै मारमा परेको भन्दै नेपाली काँग्रेस क्षेत्र नं. २ दाङले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । क्षेत्रीय सभापति भिमप्रकास खड्काको अध्यक्षतामा भएको बैठकले तत्काल मलको उचित व्यवस्थापन गरी किसानलाई मल वितरण गर्न सबैमा अनुरोधसमेत गरेको छ ।

किसान संघको ज्ञापनपत्र
यसैगरी नेपाल अखिल किसान महासंघ दाङले रासायनिक मलको आपूर्ति सहज बनाउनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । किसानहरूले खेती गर्ने समयमा मलको अभाव हुँदा पनि सरकार गम्भीर नभएको हुँदा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।

राष्ट्रिय जनमोर्चा निकट महासंघका जिल्ला अध्यक्ष ऋषिराम पौडेलले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी रेग्मीले ज्ञापनपत्र बुझ्दै यसलाई गृह मन्त्रालयमा पठाउने र आवश्यक व्यवस्थाको लागि पहल गर्ने बताए ।

ज्ञापनपत्रमा मलको तत्काल व्यवस्था गर्नुपर्ने, मलको दिर्घकालीन समस्या समाधान गर्न मल उद्योगको स्थापना गर्नुपर्ने, रासायनिक मलमा अनुदान थप्नु पर्ने , रासायनिक मलको ठाउँमा कम्पोस्ट मल प्रयोग गर्न उत्प्रेरणा दिनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै सहरको फोहोरबाट कम्पोस्ट मल बनाउनुपर्ने, किसानको उत्पादित वस्तुको बजार व्यवस्थापन गर्नुपर्ने, कृषि उत्पादन हुने जमिन प्लानिङ र खण्डिकरण हुनबाट रोक्नुपर्ने, कृषि कर्जा सहजरूपमा पाउने वातावरण निर्माण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै ज्ञापनपत्रमा भू–उपयोग नीति लागू गर्नुपर्ने, किसान पेन्सनको व्यवस्था गर्नुपर्ने, कृषि बिमा निःशुल्क गर्नुपर्ने, हरेक स्थानीय तहमा कोल्ड स्टोरको व्यवस्था हुनुपर्ने, बीउबिजन स्वदेशमै उत्पादन गर्नुपर्ने, सिँचाइमा लागेको विद्युत महसुलमा छुट गर्नुपर्ने लगायतका माग राखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

AllEscort