दाङ,५ असार । नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख निलम्वित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी प्रमुख युवराज अधिकारीलाई निलम्बन गरेको हो ।
निगमका कार्यकारी अध्यक्ष अधिकारीले कानूनी आधार र औचित्य बिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराइ निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्याएको विषयमा स्पष्टीकरण सोध्दै निलम्बन गरेको एक मन्त्रीले जानकारी दिए ।