- Advertisement -spot_img
Saturday, July 2, 2022
Homebreaking-newsझ्याप्प–झ्याप्प विद्युतले हैरान उपभोक्ता

झ्याप्प–झ्याप्प विद्युतले हैरान उपभोक्ता

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, ६ असार ।
‘दिनभर बत्ती गइरहन्छ, बढीमा दुईघण्टा बिजुली बाल्छौँ, बत्ती घरमा कहिलै हँुदैन, सधै हैरान बनाउँछ, ८० रूपैयाँ विद्युत महसुल बुझाउन २ सय ५० रूपैयाँ खर्च गरेर आउनुपर्छ, दंगीशरण–१ बाँकीकी रम्बा चौधरीले भनिन्– ‘न राम्रोसँग बत्ती बाल्न पाइन्छ, न सहजै शुल्क तिर्न पाइन्छ छ ।’

हामी उपभोक्तालाई सधै सास्ती मात्रै छ । ८० रूपैयाँ विद्युत महसुल बुझाउनका लागि २ सय ५० रूपैयाँ खर्च गर्नुपर्ने र दिनभर लाइन बस्नुपर्ने समस्या रहेको उनको गुनासो छ । ‘दिनभर घरको काम माया मारेर विद्युत महसुल बुझाउन आउनु पर्छ’ उनले भनिन्, ‘यहाँ पनि सहज महसुल बुझाउन पाइदैन, घण्टौ लाइन बस्नुपर्छ ।’

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याले सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने सेवाप्रवाहका कामहरूमा समेत असर पुगेको छ । सेवाग्राहीहरूले छिटोछरितो सेवा पाउनबाट बञ्चित भएका छन् ।

विना कुनै जानकारी पटक–पटक विद्युत काटिदा आफ्ना कामकाजहरू ठप्प भएको तुलसीपुर उपमहानगरपालिका–६ का कुमार नेपालीले बताए । काठ उद्योगमा काम गर्दै आएका नेपालीले अघोषित लोडसेडिङले कामलाई नियमित दिन नसकेको बताउँछन् । ‘मेसिन चलायो बत्ती जान्छ, ग्राहकहरूको काम समयमै नहुँदा उहाँहरू रिसाउनु हुन्छ’ उनले भने– ‘बत्ती आउँछ र काम गर्छु भनेर बस्ने हो भने मेसिन बन्द गर्ने र चलाउने कामबाहेक अरू केही हुँदैन । काम गरेर खानेहरूलाई निकै समस्या भएको छ ।’

तुलसीपुर उपमहानगर–पालिका–९ बेलुवा निवासी निर्मला बुढाले पनि विद्युत अनियमित हुँदा दैनिक कामहरू प्रभावित बनेको बताइन् । भान्सादेखि कार्यालयको काम विद्युतको भरमा गर्नुपर्ने हुन्छ तर बत्ती बतिबेला आउँछ थाहा भने हुँदैन, उनले भनिन्– ‘यसरी विना सूचना बत्ती काट्नुभन्दा तालिका दिएर लोडसेडिङ गरेको राम्रो, बत्ती भएको नभएको केही फरक त छैन ।’

तुलसीपुर क्षेत्रमा बढ्दो विद्युत अनियमितताले उनीहरूजस्तै अन्य उपभोक्ताहरू पनि सास्ती झेलिरहेका छन् । प्रत्येक ५–५ मिनेटको अन्तरालमा हुने विद्युत कटौतीले दैनिक कामकाजहरू प्रभावित बन्दै गएको छ । विद्युत मर्मतको बहानामा हुने अघोषित लोडसेडिङका कारण आफूहरू आजित बनेको उपभोक्ताहरू बताउँछन् ।

झ्याप्प– झ्याप्प बत्ती जाने समस्याले सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने सेवाप्रवाहका कामहरूमा समेत असर पुगेको छ । सेवाग्राहीहरूले छिटोछरितो सेवा पाउनबाट बञ्चित भएका छन् ।

थुनिए प्राधिकरणका कर्मचारी
विद्युत अनियमितताविरूद्ध स्थानीयहरूले विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा ताला लगाएका छन् । आइतबार विद्युत नियमितको मागसहित वितरण केन्द्रका कार्यलय प्रमुखको कार्यकक्ष र कार्यालयको मुलढोकामा स्थानीय युवाहरूले ताला लगाएका हुन् । कार्यालयको मुलढोकामा ताला लगाएसँगै करिब दुई घण्टा कार्यालय प्रमुखसहित अन्य कर्मचारी कार्यलयभित्र थुनिएका थिए ।

विगत लामो समयदेखि अनियमितता बढ्दै जाँदा उपभोक्ताहरू मारमा परेकाले कार्यालय प्रमुखको कार्यकक्ष र मुख्य ढोकामा ताला लगाउन बाध्य भएको तुलसीपुर उपमहानगरपालिका–६ का बसन्त गिरीले बताए । विना जानकारी पटक–पटक विद्युत कटौती हुँदा आम उपभोक्ताले निकै सास्ती भोग्दा पनि यस विषयमा प्राधिकरणले चासो नदिएपछि कार्यालयमा पुगेर ताला लगाउन बाध्य भएको उनले बताए ।

विभिन्न बहानामा अघोषित लोडसेडिङ गर्नुभन्दा तालिका प्रकाशित गरी तथा सूचना जारी गरी विद्युत कटौती गर्नुपर्ने उनको भनाइ छ । यसअघि प्राधिकरणमा देखिएको समस्यालाई तत्काल समाधान गरी विद्युतीय सेवा नियमित गराउन ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाइएपनि त्यसको कुनै सुनुवाई नभएकाले बाध्य भएर कार्यालयमा ताला लगाउनु परेको उनको भनाइ छ ।

विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण उपभोक्ताहरूको दैनिक क्रियाकलापहरू प्रभावित भएको र विद्युतीय माध्यमबाट हुने कामबाजहरू ठप्प भएको भन्दै उनीहरूले ताला लगाएका हुन् । प्रत्येक ५–५ मिनेटमा हुने विद्युत कटौतीले आम उपभोक्ताहरू निकै समस्यामा परेको तुलसीपुर–६ बरूवागाउँ निवासी डिल्ली बुढाथोकीले बताए ।

पटक–पटक विद्युत कटौती हुँदा पनि त्यसको समाधानका लागि चासो नदिने र प्राधिकरणको समस्या होइन भन्दै नागरिककको समस्यालाई वेवास्ता गरेको विरूद्ध तालाबन्दी गरिएको उनीहरू बताउँछन् । सेवामा सुधार नभए थप आन्दोलनका कार्यक्रमहरू सञ्चालन गरिने उनीहरूको भनाइ छ । विद्युत सेवा प्रवाहमा देखिएका समस्याहरू तत्काल समाधान गर्न र विद्युतीय सेवा नियमित गर्नुपर्ने उनीहरूको माग छ ।

विद्युत नियमित गर्ने प्रतिवद्धता
स्थानीयहरूले ताला लगाएपछि विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले विद्युत सेवा नियमित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । तालाबन्दी पछि कार्यालय प्रमुख ज्ञान बहादुर फर्सालले प्रतिवद्धता सार्वजनिक गर्दै विद्युत लाइन नियमित रूपमा सुचारू गर्ने विषयमा कार्यालयको ध्यान केन्द्रित भएको बताए ।

विद्युत लाइन प्रसारण प्रणालीमा हुने प्राकृतिक, प्राविधिक फल्ट तथा लाइन मर्मत गर्दा अवरूद्ध भएको खण्डमा बाहेक विद्युत लाइन नियमित रूपमा सुचारू गर्ने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रतिवद्ध छ’ भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

AllEscort