सल्यान,५ असार । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिवार राती बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जिप दुर्घटना हुँदा छजना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यलय सल्यानका अनुसार दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका – ४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन् ।घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।