Sunday, April 14, 2024
Homeफिचरबजारमा विषादीयुक्त आँप, ‘सेवनले स्वास्थ्यमा गम्भीर असर’

बजारमा विषादीयुक्त आँप, ‘सेवनले स्वास्थ्यमा गम्भीर असर’

- Advertisement -spot_img

हेमराज परिवर्तन
घोराही, २८ जेठ ।
नेपालमा लगाइएको आँप प्राकृतिक रूपमै पाक्न अझै केही दिन कुर्नुपर्छ । तर बजारमा कार्वाइड हालेर पकाइएको आँप भने अहिले छ्यापछ्याप्ती छन् । एक महिला अगाडिदेखि नै बजारमा यस्ता आँप बिक्री वितरण भइरहेको छ ।

दाङका बजारमा विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको सरोकारवालाहरूको भनाइ छ । सिपिया, बम्बईलगायतका प्रजातिका आँप फाटफुट रूपमा पाक्न थाले पनि मालदह, कलकतिया, किसन भोगलगायतका आँप पाक्ने बेला अझै भएको छैन । तर पनि बजारमा धेरै किसिमका आँप छ्यापछ्याप्ती पाउन थालेका छन् ।

पाक्ने समयभन्दा पहिले नै आँपको मूल्य बढी पाइने भएकाले व्यापारीले काँचो आँपलाई कार्वाइड हालेर बजारमा बेच्ने गरेका छन् । विषादीयुक्त आँपले स्वास्थ्यमा गम्भीर असर गरे पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । दाङका घोराही, तुलसीपुर, लमहीलगायतका बजारमा समेत कर्वाइड हालेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ ।

फलफूल व्यवसाय समिति घोराही दाङका पूर्वअध्यक्ष भगत विकले भारतबाट आएका दशहरी, सबुजालगायतका जातका आँप बजारमा बिक्री भइरहेकोे बताए । ‘भारतबाट आउने आँप भन्सारपार गर्दा गुणस्तर मापन गरिएको हुन्छ भन्ने छ’ उनले भने– ‘त्यही भएर हाम्रा व्यवसायीले बेचिरहेका छन् ।

यसको परिक्षण त स्थानीय सम्बन्धित निकायले गर्नुपर्ने हो । तर उहाँहरूको ध्यान जानसकेको छैन । यहाँको चलन चाडपर्वको समयमा मात्र बजार अनुुगमनलाई तिव्र पार्ने छ । त्यसैले मानव स्वास्थ्यमा पार्ने असरको बारेमा पनि जानकारी छैन र व्यापारीले पनि ढुक्कसँग व्यापार गरिरहेका छन्’ उनले भने ।

उनका अनुसार अहिले बजारमा बिक्री भइरहेका आँप, भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आयात गरिएका हुन् । भारतका ती स्थानमा तापक्रम बढी हुने भएका कारण त्यहा आँप छिट्टै पाक्ने गरेको भएपनि अहिले नेपाली बजारमा बिक्री भइरहेका भारतीय आँपमा भने विषादी राखेर पकाउने गरिएको उनले बताए ।

जिल्ला कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत विनोद सुनारका अनुसार नेपालमा आँप भर्खर बतिला बढ्ने क्रममा रहेको भएपनि भारतबाट चैतदेखि नै आँप ल्याएर बिक्री हुने गरेको छ । सुनारले भने, ‘नेपालमा उत्पादित आँप असार पहिलो सातादेखि साउन अन्तिमसम्म मात्र खानयोग्य हुन्छ ।’

अहिले बजारमा पाइने आँप, छिटो पकाउन कार्वाइड विषादी प्रयोग गरिएकाले ती आँप नखाँदा नै उपयुक्त हुने उनको सुझाव छ । दाङको बजारमा अहिले भारतबाट आयातित दशहरी आँप प्रतिकिलो १ सय २० देखि १ सय ५० रूपैयाँमा बिक्री भइरहेको छ ।

विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वासप्रश्वासमा समस्या हुने र झाडापखाला लगायतका रोग देखापर्ने वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादवले बताए ।

कार्वाइड अत्यधिक प्रयोग गरिएको आँप निर्वाध बिक्री वितरण गरिएको भएपनि नागरिक सचेत बन्न आवश्यक रहेको खाद्यअधिकार मञ्च दाङका प्रमुख हुमा डिसीले बताइन् । अहिले बजारमा थोरै बिक्ने बहानामा बेमौसमी फलफूल लगायतका खानेकुरा राखिएको हुन्छ’ उनले भनिन्– ‘तर हामी मिठो मान्नेको नाममा गुणस्तर नबुझेर खानु आफैमा गलत छ । त्यसैले बिक्री गर्ने र किन्ने दुुबै सचेत बन्न आवश्यक छ ।’ त्यसको रोकथामतर्फ हालसम्म स्थानीय तह तथा प्रशासनले समयमै ध्यान आवश्यक रहेको उनको भनाइ छ ।

यसको अनुगमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पनि हो । उक्त कार्यालयले दाङले अहिलेसम्म यस विषयमा गुनासो नआएको र कार्यालयले अनुगमन जारी राखेको जनाएको छ । तर यसको प्रभावकारी भने देखिएको छैन् । व्यापारीले निर्वाध रूपमा बिक्री गरिरहेका छन् भने सर्वसाधारणले किनेर खाइरहेका छन् । यसको असर प्रति कसैको ध्यान पुग्न सकेको छैन् ।

प्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्वाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ । खाद्य ऐनअनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here