- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsदाङमा पाठ्यपुस्तक अभाव, सामुदायिक विद्यालयमा सधै पाठ्यपुस्तकै पिरलो

दाङमा पाठ्यपुस्तक अभाव, सामुदायिक विद्यालयमा सधै पाठ्यपुस्तकै पिरलो

- Advertisement -spot_img

दाङ, २३ जेठ ।
शैक्षिक सत्र सुरू भएको लामो समय भइसक्दा पनि दाङमा पाठ्यपुस्तक सहज हुन सकेको छैन । सरकारी÷सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सहजरूपमा पूर्ण पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

विशेषगरेर कक्षा ९ र १० को ऐच्छिक विषय अभाव देखिएको छ । भने कक्षा ६ र ८ को प्राय सबै किताबहरू अभाव देखिएका छन् । त्यसैगरेर अनिवार्य विषयतर्फका मुख्य विषयहरूको पनि जिल्लामा अभाव देखिएको छ ।

कागजको अभाव र निर्वाचन केन्द्रित अन्य छपाई हुँदा पाठ्यपुस्तक छपाईमा केही समस्या भएको शिक्षा मन्त्रालयले बताएको छ । यद्यपि छिटो गर्ने प्रयासमा भने जनक शिक्षा र मन्त्रालय देखिदैन ।

जिल्लाका सामुदायिक विद्यालयहरूमा अध्ययन पाठ्यपुस्तकको उपलब्धता नहुँदा विद्यार्थीहरूको पढाइमा समस्या भएको छ । माध्यमिक तहको शिक्षा स्थानीय सरकार मातहत भए पाठ्यपुस्तकको व्यवस्थापनमा स्थानीय सरकारको चासो कम देखिएको छ ।

दाङ जिल्ला स्टेशनरी व्यवसायी समितिका अध्यक्ष शंकर शर्माले जिल्लामा सरकारी र निजी र सरकारी सबै प्रकारका पाठ्यपुस्तक अभाव रहेको बताए । निजीको १५ प्रतिसत र सरकारी ३० प्रतिसत पुस्तक अभाव भएको बताए ।

दाङ जिल्ला पुस्तक व्यवसायी संघका कोषाध्यक्ष तथा जनक शिक्षाका दाङका आधिकारिक बिक्रेता तिर्थबहादुर डाँगीले समयमै पुस्तक नआउँदा समस्या भएको बताए । ‘हामीसँग नै पुस्तक छैन, विद्यार्थीलाई कसरी दिनु’ उनले भने, ‘जनक शिक्षाले किताव पठाए पो हामीले वितरण गर्ने हो ।’ उनले हरेक वर्ष सरकारी पाठ्यपुस्तकमा समस्या आउने गरेको सुनाए ।

सहज पाठ्यपुस्तक भएको वर्ष कुनै छ, शैक्षिक सत्र सुरू भएको एक महिना भइसक्यो पूरा किताव आउदैन, अहिले पनि हजारौं किताव माग छ आपूर्ति छैन । सहज पाठ्यपुस्तक नहुँदा शिक्षक, विद्यार्थी, अभिभावकको गुनासो व्यवसायीले खेप्नु परेको बताए ।

जनक शिक्षा सामग्री केन्द्र नेपालगंजका क्षेत्रीय प्रमुख रविन शर्माले पाठ्यपुस्तकको समस्या केन्द्रकै भएको बताए । उनले आफ्नो क्षेत्राधिकार भएका जिल्लामा पाठ्यपुस्तक पठाएको जानकारी लिए । ‘मैले हेर्ने सात जिल्ला हो’ उनले भने, ‘सबै जिल्लामा ७० देखि ८० प्रतिसतसम्म किताब पुगिसकेको छ, २०/३० प्रतिसत किताव अभाव छ । केन्द्रले समयमै पठाएमा हामी पनि जिल्लामा पठाउँछौं ।’

उनले भने, ‘केन्द्रबाट नै आएन भने कसरी जिल्लामा पठाउनु ।’ शर्माका अनुसार नेपालगंज कार्यालयले पहाडी जिल्लालाई महत्व दिएर यस वर्ष कितावहरू पठाइएको छ । उनले अहिले कक्षा ६ र ८ तथा ऐच्छिक केही विषयका कितावहरू अभाव रहेको बताए ।

सात जिल्लामा प्रतिकक्षा ४० हजार सेट किताव आवश्यक पर्छ त्यसमा ७० देखि ८० प्रतिसत किताव पूर्ति भइसकेको क्षेत्रीय प्रमुख शर्माले बताए । शर्माले बाँके, बर्दिया, दाङ, सल्यान, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पामा नेपालगंजले पाठ्यपुस्तक व्यवस्थापन गर्ने गरेको छ । भने साविक राप्तीको प्यूठानमा बुटवल कार्यालयले व्यवस्थापन गर्दै आएको छ ।

दाङमा ७० प्रतिसतलाई किताव

दाङमा ७० प्रतिसत सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले सरकारी किताव पाएका छन् । जनक शिक्षाको नेपालगंज कार्यालयका अनुसार अब दाङका ३० प्रतिसत विद्यार्थीले किताव पाउन बाँकी छ । अझै ३० प्रतिसत किताब अभाव भएको छ । जिल्लामा कक्षा १ देखि १० कक्षासम्म ८५ हजार विद्यार्धी रहेका छन् भने कक्षा १२ सम्ममा ९७ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।

त्यसैगरेर संस्कृततर्फका विद्यार्थीहरूलाई पाठ्यपुस्तक पाउन बढी समस्या देखिएको छ । दाङका कक्षा ९ र १० मा संस्कृत पढाउने विद्यालय रहेको छ । कम मात्रै माग हुने भएकाले जनक शिक्षाले संस्कृत विषयतर्फका पाठ्यपुस्तक कम छपाई गर्ने गरेको बताएको छ । कम मात्रै माग छ, जनकसँग सानो मेसिन नभएकाले संस्कृततर्फका कितावमा समस्या छ क्षेत्रीय प्रमुख शर्माले भने, त्यहि पनि प्रयास भइरहेका छन् ।

अहिले नेपाली, अंग्रेजी, सामाजिकलगायतका अनिवार्य विषय र ऐच्छिक विषयहरूको अभाव देखिएको छ । संस्कृततर्फका सबै विषयहरू दाङमा आएका छैनन् । विद्यालय आफैले खोजेर विद्यार्थीहरूलाई व्यवस्थापन गर्नेतर्फ लागेको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रवत्ता चित्र आचार्यले केही समयमा पाठ्यपुस्तक सहज हुने बताए । उनले अब एक महिनाभित्रमा पुग्ने बताए । कागजको अभावले र शैक्षिक सत्र ढिला सुरू भएको हुँदा समस्या भएको बताए ।

उनले संस्कृत विषयका पाठ्यपुस्तक कम मात्रै आवश्यक पर्ने बताए । उनले निजी विद्यालयहरूले अंग्रेजी, नेपाली, सामाजिक सोंचेभन्दा बढी गएको हुँदा थप छाप्नु परेको बताए । विद्यार्थीले पूर्ण किताव पाउन एक महिना लाग्ने बताए । देश भरी नै यो समस्या रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here