Thursday, March 28, 2024
HomeUncategorizedएकीकृत समाजवादीले फेर्‍यो मन्त्री

एकीकृत समाजवादीले फेर्‍यो मन्त्री

- Advertisement -spot_img

काठमाडौँ, २३ जेठ ।
नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । आइतबार बसेको समाजवादी सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले साँझ प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाएका हुन् । नयाँ मन्त्रीले सोमबार सपथ ग्रहण गर्नेछन् । एकीकृत समाजवादीका दाङका दुई सांसद मन्त्री बनेका छन् । मेटमणि चौधरी र हिराचन्द्र केसी नयाँ मन्त्री बनेका हुन् ।

समाजवादीले सहरी विकास मन्त्रीमा दाङका मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाएको छ । त्यसैगरी दाङका हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उनको ठाउँमा केसीलाई ल्याइएको हो ।

एकीकृत समाजवादीले रामकुमारी झाँक्री, विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाएको हो । ६ महिनाका लागि पठाइएको र समयावधि पूरा भएकाले फिर्ता बोलाएको नेता झलनाथ खनालले बताए । मन्त्रीलाई ६ महिनामा फेर्ने नीति एकीकृत समाजवादीले लिएअनुसार पुरानालाई फिर्ता बोलाएर नयाँलाई पठाएको हो ।

गैरसांसद मन्त्रीमा सिफारिस

नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्रीका लागि सिफारिस गरेको छ । नेकपा समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिस गरेको हो । संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिना भित्र सांसद बन्नुपर्ने व्यवस्था छ ।

तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो । अछामका कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि पार्टीले आइतबार सिफारिस गरेको हो । पार्टीमा समीकरण मिलाउनुपर्दा गैर सांसदलाई मन्त्री बनाउनुपरेको उपमहासचिव विजय पौडेलले जानकारी दिए ।

कुँवर गत फागुन २१ सम्म राष्ट्रियसभा सदस्य रहेका थिए । त्यसो त गैरसांसद मन्त्री बन्ने कुँवर एक्ला भने होइन् । यसअघि नै गैरसांसद रहेका गोविन्द बन्दी कानुन मन्त्रीका रूपमा कार्यरत रहेका थिए । कुँवसँगै मन्त्री बन्न लागेका मेटमणि चौधरी, भवानी खापुङ र जीवनराम श्रेष्ठ भने प्रतिनिधिसभा सदस्य हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here