- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeफिचरनवनिर्वाचित जनप्रतिनिधिहरुको उद्घोष, पहिलो कार्यकालको कामलाई निरन्तरता

नवनिर्वाचित जनप्रतिनिधिहरुको उद्घोष, पहिलो कार्यकालको कामलाई निरन्तरता

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, २० जेठ ।
संघीयता कार्यान्वयनसँगै दोस्रो पटक भएको स्थानीय निर्वाचनले नयाँ जनप्रतिनिधिहरूले पहिलेका जनप्रतिनिधिहरूले गरेका कामलाई निरन्तरता दिदै अगाडि बढ्ने बताएका छन् ।

पहिलो कार्यकालका जनप्रतिनिधिको प्राथमिकतामा सडक, भौतिक संरचना निर्माणजस्ता एजेन्डा रहेका थिए । हरेक बस्ती–बस्तीमा सडक सञ्जाल जोडिए भलै ती सडक बाह्रै महिना सञ्चालन हुँदैनन् । नवनिर्वाचित जनप्रतिनिधिले भने सूचना, सञ्चार, स्वास्थ्य क्षेत्रका विषयमा ध्यान दिन थालेका छन् । पहिलो निर्वाचनको भन्दा यस पटकको निर्वाचनमा धेरै पालिकामा युवाको उपस्थिति रहेको छ ।

जिल्लाको पहिलो नगरपालिकाको रूपमा रहेको शारदा नगरपालिकाले वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको छ । चुनावमा पहिलो एजेन्डाको रूपमा राखेका नवनिर्वाचित नगर प्रमुख प्रकाश भण्डारीले बैंकहरूसँग समन्वय गरी १५ वटै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेका हुन् ।

अति अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको उनको भनाइ छ । भत्ताकै लागि दुई/तीन घण्टा हिँडेर बैंकसम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको भण्डारीको भनाइ छ ।

यस्तै बागचौर नगरपालिका र सिद्धकुमाख गाउँपालिकाले प्रत्येक वडामा निःशुल्क एम्बुलेन्स सेवा र बिरामी अस्पतालसम्म पुग्न निःशुल्क यातायातको सेवा प्रदान गर्ने बताएका छन् । एक वर्षभित्र सिद्धकुमाखका सबै वडामा एम्बुलेन्स आउने सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले बताए ।

उनले भने ‘निर्वाचनको समयमा जनतासँग गरेको बाचालाई पूरा गर्न अबको एक वर्षभित्र सबै वडामा एम्बुलेन्स उपलब्ध हुन्छ ।’ यातायात र स्वास्थ्यको अभावमा कुनै पनि सर्वसाधारण समस्यामा नपरोस् भन्ने आफूहरूको सोच रहेको गिरीको भनाइ छ ।

यस्तै दोस्रो पटक निर्वाचित भएका कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले पहिलो कार्यकालमा अधूरा रहेका योजनासँगै नयाँ योजनाका साथ अघि बढ्ने बताए । कालिमाटी गाउँपालिकाले पालिकालाई खरको छानामुक्त बनाउने निर्णय गरेको छ ।

पालिकाभित्र रहेका जति पनि खरका छाना भएका घरहरू छन् ती सबै विस्थापित गर्ने आफ्नो लक्ष्य रहेको खत्रीको भनाइ छ । वार्षिक करोडौँको तरकारी निर्यात गर्दै आइरहेको कपुरकोट गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ भने बनगाड कुपिण्डे नगरपालिकाले शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here