- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeफिचरसामाजिक सुरक्षा भत्ता वडाबाटै

सामाजिक सुरक्षा भत्ता वडाबाटै

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, १४ जेठ ।
सल्यानको शारदा नगरपालिकाले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गलाई भएका ब्यक्तिलाई नगरपालिकाले आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ । बैंकमा आवतजावत गर्दा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।

नगरका विभिन्न वडाबाट सदरमुकाम तथा श्रीनगर बजारमा रहेका बैंकमा आउनु पर्दा विभिन्न किसिमका कष्ट उठाउने मात्रै नभई लामो समय हिड्नु पर्दा सास्ती भएको गुनासो आएपछि वडाबाटै वितरण गर्ने व्यवस्था मिलाएको शारदा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रकाश भण्डारीले बताए । उनले निर्वाचनका बेला जनाएको प्रतिवद्धतासमेत पूरा गरेको जानकारी गराए ।

‘विगतमा तत्कालीन गाविसले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तामा दुरूपयोग भयो भनेर सरकारले बैंकमा खाता खोलेर जम्मा गर्ने व्यवस्था मिलाएको थियो । सरकारले भत्ता दुरूपयोग हुनबाट बचाउन र सम्बन्धित व्यक्तिले नै भत्ता रकम पाओस् भनेर बैंकमा खाता खोल्ने काम राम्रो ग¥यो तर बैंकमा खाता खोल्दा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गले सास्ती भोग्नु परेको थियो ।

वडा–वडामा बैंक नहुँदा जेष्ठ नागरिक, अशक्त, अपाङ्ग, एकल महिला दुई÷अढाई घन्टा लगाएर आउनु पर्ने त्यसमा पनि भीडभाडका कारण लामो समय कुर्नुपर्ने बाध्यताले विभिन्न किसिमका कष्ट भोग्नु परेको थियो । आउँदा दिनमा अशक्त, जेष्ठ नागरिक, अपाङ्गले समस्या भोग्नुपर्ने छैन’ उनले भने ।

नगरप्रमुख भण्डारीले सदरमुकाम तथा श्रीनगर बजारमा रहेका विभिन्न बैंकका म्यानेजरलाई बोलाएर छलफल गरेको र बैंकका कर्मचारी, वडा कर्मचारी र सुरक्षाकर्मीको सहयोगमै वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी गराए ।

उनका अनुसार पछि गएर घर–घरमा भत्ता वितरण गर्ने व्यवस्था मिलाइने छ । त्यत्ति मात्र नभई ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गलाई मध्यनजर गरेर वडामै उनीहरूको कागजपत्र प्रत्येक वर्ष नविकरण गर्ने व्यवस्थासमेत मिलाइने छ । शारदा नगरपालिकाभित्र अशक्त, ज्येष्ठ नागरिक, अपाङ्ग, एकल गरी ६ हजार १ सय ३० जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here