Tuesday, November 28, 2023
Homeमुख्य खबरछिनखेतमा सेन्चुरी बैंक

छिनखेतमा सेन्चुरी बैंक

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), १२ जेठ ।
रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सेन्चुरी बैंकको शाखा विस्तार भएको छ । गाउँपालिकाको वडा नम्बर ४ छिनखेतमा सेन्चुरी कमर्सियल बैंकले आफ्नो शाखा विस्तार गरेको हो । १४१औँ शाखाका रूपमा छिनखेतमा बैंकको शाखा विस्तार गरिएको बैंक शाखा प्रमुख प्रमोद खनालले बताए ।

शाखाको उद्घाटन बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठा मगरले गरेका हुन् । कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष बाठाले सबै जनताको पहुँचमा बैंकिङ सेवा पु¥याउन अनुरोध गरे । बैंकिङ सेवा निम्न वर्गीय, न्यून आयस्तर भएका विपन्न परिवारको पहुँचमा पुग्न जरूरी रहेको भन्दै उनले बैंकिङ ऋण कर्जालाई सहज र सुलभ बनाउनसमेत आग्रह गरे ।

सेन्चुरी कर्मसियल बैंक कर्णाली प्रदेश प्रमुख धर्मराज श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै ४ नम्बर वडा अध्यक्ष शेरबहादुर ओली कार्यपालिका सदस्य रिता धिताल जैसी, ४ नम्बर वडा सदस्य चन्द्रजंग मल्ल, ३ का वडा सदस्य देवराज शर्मालगायतको आतिथ्यता रहेको थियो ।

सेन्चुरी कमर्सियल बैंक छिनखेत शाखा प्रमुख प्रमोद खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन किरण विकले गरेका थिए । बैंकमार्फत बचत, कृषि कर्जा, ब्यापारिक कर्जा सेवा सञ्चालन हुने शाखा प्रमुखले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here