- Advertisement -spot_img
Saturday, July 2, 2022
Homeमुख्य खबरराष्ट्रपति रनिङ शिल्डको उपाधि मिडवेष्टलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि मिडवेष्टलाई

- Advertisement -spot_img

तुलसीपुर, ८ जेठ ।
शान्तिनगर पाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्डमा १२ स्वर्णसहित मिड वेस्ट प्वाइन्ट एकाडेमी पहिलो भएको छ । विद्यालयले १९ पदक जितेको छ । विद्यालयका प्रिन्सिपल बीरबहादुर घर्तीका अनुसार १० विद्यालय सहभागी भएको प्रतियोगितामा एकेडेमीले १२ स्वर्ण पदक जितेर प्रथम भएको हो ।

प्रतियोगितामा विपी मावि बयाले सिमतारा दोस्रो भएको छ । उसले ६ स्वर्ण पदक जितेको छ । भने ३ स्वर्ण जितेर बुद्ध मावि तेस्रो भएको छ । प्रतियोगिता जेठ ५ देखि ७ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगिताको समापन कार्याक्रम गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्ष्यतामा भएको हो ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष प्रेमा केसी, संस्थागत विद्यालयको तर्फबाट मिडवेष्ट प्वाइन्ट एकाडेमीका प्रिन्सिपल बिर बहादुर घर्ती सामुदायिक विद्यालयको तर्फबाट लाल बहादुर ओली लगायतकाले बोलेका थिए । गोविन्द घर्तीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण लिला केसीले गरेकी थिइन् । कार्यक्रमका सहभागीहरूले खेलकुदलाई जीवन र स्वास्थ्यसँग जोडेर लैजानुपर्ने बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

AllEscort