- Advertisement -spot_img
Saturday, May 14, 2022
Homeमुख्य खबरदाङका मतदान केन्द्रहरुको अनुगमन

दाङका मतदान केन्द्रहरुको अनुगमन

- Advertisement -spot_img

दाङ,२९ बैशाख । स्थानीय स्तरको निर्वाचका लागि तयार गरिएका मतदान केन्द्रहरुलाई मैत्रीपूण बनाउन दाङमा मतदान केन्द्रहरुको अनुगमन गरिएको छ । शुक्रवार हुने मतदानका मतदानस्थलहरु अपांगमैत्री, महिलामैत्री छन÷छैनन विषयलाई मध्यनजर गरी मतदान केन्द्रहरु अनुगमन गरिएको हो ।

मतदान केन्द्र पुगेका अपांगता भएका व्यक्तिहरु, महिला, ज्येष्ठ नागरिक एवं विभिन्न कारणले अशक्त व्यक्तिहरुको सहज वातावरण निर्माण गर्ने उदेश्यले बिहिबार तुलसीपुुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका,दंगीशरण गाउँपालिका, बबई गाउँपालिकाका मतदानकेन्द्रहरुको अनुगमन गरिएको हो ।

राप्ती बहिरासंघ दाङका संस्थापक अध्यक्ष अजय शर्मा, कार्यकारी निर्देशक प्रतिमा शर्मा, दोभासे स्मृति योगी, कार्यलय कर्मचारी बसन्ती वली लगायतको टोलीले मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरेको हो ।

मतदान केन्द्रहरुमा अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक मात्रामा संयन्त्रहरु निर्माण नभएपनि त्यसको व्यवस्थापनको प्रयास भने भएको कार्यकारी निर्देशक प्रतिमा शर्माले बताइन् । अपांगता भएका व्यक्तिहरुमध्ये विशेषगरी बहिरा व्यक्तिहरुको लागि समस्या देखिएको उनले जानकारी दिइन् ।

एक÷दुई मतदान केन्द्र बाहेक सबै मतदान केन्द्रहरुमा दोभासेको व्यवस्था हुन नसक्दा मतदान गर्न पुगेका बहिरा व्यक्तिहरुको सहजीकरणमा समस्या हुने देखिएको उनको भनाई छ । सबैठाउँमा अपांगता, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिकहरुका लागि लाइनमा बस्न नपर्ने, आरामकक्षको निर्माण भएको पाइयो यसमा हामी खुशी छौँ, उनले भनिन्–‘तर जो बोल्न, सुन्न सक्दैनन उनीहरुका लागि एकदमै समस्या छ, दोभासो नहुँदा केही समस्या आइपरेमा कसलाई भन्ने, कहाँ जाने भन्ने अन्यौल उत्पन्न हुने संभावना छ ।’ अपांगता भएका व्यक्तिहरुको सवालमा राज्यले सुक्ष्मदृष्टीले नहेर्दासम्म उनले राज्यका हरेक संयन्त्रहरु अपांगमैत्री बन्न नसकेको बताइन् ।

संघले तुलसीपुरको तुल्सी वोर्डिङ, तुलसीपुर मावि सेन्टर, घोराहीमा रहेको सिद्धरत्ननाथ मावि, मावि रझेना शाखा घोराही, सरस्वती मावि भरतपूर मतदान केन्द्रको अनुगमन गरेको थियो । यसैगरी शान्तिनगर गाउँपालिकाको बिपि कोइराला मावि, जनकल्याण मावि मतदान केन्द्रको अनुगमन गरेको हो। बबई गाउँपालिका अन्र्तगत जनकल्याण मावि पदमपुर, दंगीशरण गाउँपालिकाको, सिद्धजनता मावि श्रीगाउँ, विरेन्द्र मावि हेँकुलीको मतदान केन्द्रको अनुगमन गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here