- Advertisement -spot_img
Saturday, May 14, 2022
Homebreaking-newsमेयरका उम्मेदवार गिरीको घरमा बम प्रहार, हारको मानसिकताले विस्फोट: गिरी

मेयरका उम्मेदवार गिरीको घरमा बम प्रहार, हारको मानसिकताले विस्फोट: गिरी

- Advertisement -spot_img

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली काग्रेस सहितको गठकन्धनबाट मेयर (नगर प्रमुख)को उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले आफनो घरपरिसरमा बम विस्फोट गराउनु हारको मानसिकता भएको बताएका छन ।

मलाई र मतदाताहरुलाई तर्साउने खेल रचिएको भन्दै उनले कोहि कतै नआत्नि आग्रह समेत गरेका छन । डर धम्की दिएर आफनो पक्षमा बनाउन विपक्षहरुले रचेको जाल भएको बताए । मतदाता तर्साउन यसो गरिएको हुनु पर्छ, उनले भने उम्मेदवार पनि तर्सेवस भन्ने उदेश्य देखिन्छ ।

गिरीले यस्ता अराजकता र डरत्रासका कार्यहरु नगर्न नगराउन आग्रह समेत गरेका छन । उनले हतास र हार मनस्थितिबाट गरिने यस्ता कार्यको भत्सना गर्दै मतदाताहरुलाई ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह समेत गरेका छन । उनले मतादाताको सुरक्षाका लागि ध्यान दिन राज्यसंग माग पनि गरेका छन ।

विहिवार बेलुका गिरीको घर परिसरमा पेट्रोल बम विस्फोट भएको हो । अज्ञात समुहले मेयरका उम्मेदवार गिरीको घरको कम्पाउण्ड भित्र बम विस्फोट गराएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए । तीन वटा बम मध्य एउटा विस्फोट भएको र दुई वटा विस्फोट नभएको अवस्थामा भेटिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here