- Advertisement -spot_img
Saturday, May 14, 2022
Homebreaking-newsराजनीतिज्ञलाई जनताको प्रश्न, के हामी भोटका लागि मात्रै हो ?

राजनीतिज्ञलाई जनताको प्रश्न, के हामी भोटका लागि मात्रै हो ?

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, २८ बैशाख ।
वि.सं. २०७४ सालमा स्थानीय तहको निर्वाचन आयो । स्थानीय तहको पहिलो निर्वाचन । आफुले चाहेको उम्मेदवारलाई मत दिन पाउने भएपछि नागरिकमा छुट्टै उत्साह । उम्मेद्वारहरु पनि आश्वासन दिँदै  तपाईका लागि हामी, हाम्रा लागि तपाई भन्दै जनताका हात, काँधसमेत समाए ।  विभिन्न चुनावी एजेण्डासहित गाउँ–गाउँ पसेका राजनीतिक दलका नेताहरू स्थानीय तहको चुनाव सकिएको पाँच वर्ष बितिसक्दा पनि एकपटक फर्किएर गाउँ पसेनन् ।जनताका समस्या के छ नजिकिएर बुझ्न मनन गर्न कुनै उम्मेदवार र जनप्रतिनिधि पुनः गाउँमा गएनन् ।

पाँच वर्षपछि पुनः स्थानीय तहको निर्वाचन आएको छ । दुई दिनपछि मतदानको समय तोकिएको छ । जिल्लामा मात्र होइन देशभर नै चुनावी चहलपहल यो निर्वाचनमा पनि देखियो । विभिन्न राजनीतिक दलका नेता÷कार्यकर्ता उम्मेदवार सहित गाउँ–गाउँ, घर–घर प्रचारमा पुगेर अहिले मौन अवधीमा बसेका छन् ।

यस पटकको स्थानीय तहको चुनावका लागि चुनावी नारा र एजेण्डासहित जिल्लामा राजनीतिक दलहरू चुनावी अभियानमा व्यस्त भए। कतै एकदल, कतै संयुक्त गठवन्धन त कतै स्वतन्त्र । उम्मेदवारहरू कसरी चुनावी मैदानमा विजयी हुने भन्नेमा व्यस्त देखिन्थे । त्यो अभियान बस्ती र टोलसम्ममा पनि रौनक कम भएन ।  आफू र आफ्नो पार्टीले जिते यस्तो गर्छौँ, उस्तो गर्छौँ मत हामीलाई दिनुहोला भन्दै जनताको हात, काँध समाउन भ्याइ–नभ्याइ भएका बेला यता जनता भने आन्तरिक रूपमा राजनीतिक दलहरूसँग रूष्ट बनेका छन् ।

चुनावमा मात्र ठूला–ठूला सपना देखाएर भोट माग्ने अनि जितेपछि फर्किएर नहेर्ने गरेको तुलसीपुर उपमहानगरपालिका–१० का सुनिता विकले बताइन् । ‘चुनावका बेला भने राति ८/१० बजेसम्म पनि घरदैलो गर्दै हिड्ने नेताहरू अरू बेला किन आउँदैनन् ?’

चिनेजानेकै उम्मेदवारहरू हामीलाई मत दिनुहोला भन्दै आउँछन्, मुखै अगाडि म दिन्न भन्न त भएन, एक मतदाताले भने– ‘मत हालेर जिताएर पठाए पनि हामीलाई कसले के ग¥यो र, अबको चुनावमा हामीले पनि जानेका छौँ ।’

चुनावमा मात्र ठूला–ठूला सपना देखाएर भोट माग्ने अनि जितेपछि फर्किएर नहेर्ने गरेको तुलसीपुर उपमहानगरपालिका–१० का सुनिता विकले बताइन् । ‘चुनावका बेला भने राति ८/१० बजेसम्म पनि घरदैलो गर्दै हिड्ने नेताहरू अरू बेला किन आउँदैनन् ?’ उनले भनिन्– ‘भोट माग्न मात्र आउने अरू बेला किन नआउने, अरू बेला जनता नचाहिने व्यक्ति अहिले किन मत माग्दै गाउँ पस्नु ? हामी मतदानमा मात्रै चाहिने हो ?’

यसैगरी घोराही उपमहानगर–पालिका–९ निवासी बेदुराम वाग्लेको अनुभव पनि उस्तै छ । चुनावको समय जतिसुकै ठूला सपना देखाए पनि जितेपनि जनताको आवश्यकताका आधारमा नभई आफ्नो अनुकूल विकासका योजनाहरू ल्याउने गरेको उनको आरोप छ ।

तुलसीपुरको मतदाता लक्ष्मी बोहोराले आफैले जिताएर पठाएका जनप्रतिनिधिले पालिका, वडामा पुगेपछि जनतालाई नचिन्ने, जनमैत्री बन्न नसकेको अनुभव सुनाइन् । सानो कामको लागि पटक–पटक पालिका धाउनुपर्ने, वडा धाउनुपर्ने समस्या झेल्दै आएको उनले बताइन् ।

‘कयौँपटक काम लिएर जाँदा अहिले होइन, पछि, आज हुँदैन भोलि भन्दै फर्किने गरेको अनुभव मसँग छ’ उनले भनिन्– ‘उहाँहरूले चुनावमा भोट माग्दा मात्रै हो ठिक्क पार्ने, जितेर गइसकेपछि आफ्नै मतदाता चिन्नु हुन्न, उहाँहरूको मात्रै काम उहाँहरूको मात्रै महत्वपूर्ण समय हो जस्तो व्यवहार गर्नुहुन्छ ।’ जनताको आवश्यकता, समस्या बुझेर काम गर्नेलाई मात्र मत दिएर जिताउने उनीहरू बताउँछन् । सबै प्रचारमा आउनु भएको छ अब उम्मेदवार छानेर मत दिन्छौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here