- Advertisement -spot_img
Saturday, May 14, 2022
Homebreaking-newsआर्थिक संकटमा परेको नगरको बचाउ गर्दै नगरप्रमुख पाण्डे

आर्थिक संकटमा परेको नगरको बचाउ गर्दै नगरप्रमुख पाण्डे

- Advertisement -spot_img

तुलसीपुर, २८ बैशाख ।
बजेट घाटामा सञ्चालन भइरहेको दाङको तुलसीपुर उपमहानगरपालिकाको लाच छोप्न उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे विभिन्न बहाना बनाउन थालेका छन् । निर्वाचनका मनौ अवधि सुरू हुनुभन्दा केही घण्टा अघि पत्रकारहरूलाई बोलाएर घाटा बजेटमा सञ्चालन भएको नगरको बचाउ गरेका छन् ।

पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाको एक रूपैयाँ पनि ऋण नभएको दावी गरे । नगरमा भने अहिले पनि ठूलो करम भुक्तानी गर्न बाँकी राखिएको छ । निर्माणको रकमदेखि योजना र अन्य गतिविधिको करोडौ रकम भुक्तानी गर्न सकेको छैन ।

तुलसीपुर उपमहागनरपालिकाले पाँच वर्षको अवधिमा गरेका गौरवपूर्ण योजनाको सार्वजनिक तथा पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले विपक्षीहरूले उपमहानगरपालिकाका राम्रा कामहरूलाई ओझेल पार्नका लागि ऋणको गलत अफवाह फैलाइएको आरोपसमेत लगाउन भ्याएका छन् । नगरमा ऋण छ भने व्यक्तिगत रूपमा त्यसको जिम्मेवारी लिने बताए ।

संघ र प्रदेशका योजना पनि हामीले समयमै सम्पन्न ग¥यौं तर त्यहाँबाट समयमै पैसा निकासा नहुँदा केही दायित्व बढेको थियो तर अहिले त्यो पनि व्यवस्थित भएको उनको दावी छ । उपमहानगरपालिका आर्थिएक संकटमा परेकै कारण चार महिनादेखि विद्युत महसुलसमेत बुझाउन सकेको थिएन ।

चार महिनासम्म पनि १ लाख ५७ हजार विद्युत महसुल बुझाउन नसकेपछि विद्युत प्राधिकरण तुलसीपुरले विद्युत लाइन काटिदिदा तीन दिन लिन उपमहानगर अन्धकार भएको थियो ।

पालिकाको विद्युत काटिएको भन्ने आरोपको खण्डन गर्दै नगरप्रमुख पाण्डेले नेपाल विद्युत प्राधिकरणको गलत नियतका कारण विद्युत काटिएको बताउँदै राजनीतिक पूर्वाग्रह नसाँध्नका लागि प्राधिकरणलाई सुझावसमेत दिन भ्याए । फोरलेन निर्माणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै आफूलाई त्यो योजनामा गलत रूपमा जोडिएको बताए ।

फोरलेनको ३० महिले म्यादमा पाण्डेका छोरा पेटी ठेकेदार अनुप पाण्डेले निर्माण पूरा गर्न नसकेपछि तथ्यले उनीबाट ठेक्का खोसेर निर्माणको कामलाई तिव्रता दिन थालेको छ । फोरलेनकै रकमका कारण केही दिन अनुप प्रहरी हिरासतमा समेत बसेका थिए । सो अवधीमा पाँच वर्षसम्म गरेका केही कामको व्याख्या गरेका थिए । कति योजना र नीति तुलसीपुरले पूरा गरिसकेको र राजनीतिक दलहरूले तीनै मुद्दाहरू घोषणा पत्रमा उल्लेख गरेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here