Thursday, March 28, 2024
Homeमुख्य खबरवडा अध्यक्षका उम्मेदवारको मृत्यु, १७ नं. वडामा जेठ ३ गते मतदान

वडा अध्यक्षका उम्मेदवारको मृत्यु, १७ नं. वडामा जेठ ३ गते मतदान

- Advertisement -spot_img

दाङ, २८ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१७ का वडा अध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मृर्गौला, कलेजोको बिरामी थिए । यस अघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थिए ।

चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगंजस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही उपचारको क्रममा उनको निधन भएको हो ।

जेठ ३ गते मतदान
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा जेठ ३ गते मतदानको समय तोकिएको छ । एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका लबरू चौधरीको निधन भएपछि स्थानीय निर्वाचन कार्यालयले ३० गते हुने मतदात कार्यक्रमलाई स्थगन गरेर ३ गतेलाई तय गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए ।

उनले बुधवार र बिहीबार चुनावी प्रक्रियाको सबै काम पूरा गर्ने गरी कार्यतालिका प्रकाशन गरेको बताए । सम्बन्धित दलको आधिकारिक उम्मेदवारको मनोनयन हुँदै चुनाव चिन्ह दिनेसम्मको काम सक्ने तयारी भएको बताए । ‘बिहीबार ५ बजेसम्म यो काम सक्ने कार्यतालिका सार्वजनिक गरिसकेका छौं’ उनले भने, ‘त्यसपछि चुनावी अभियान उम्मेदवारले गर्नुहुन्छ, अनि ३ गते मतदान हुन्छ ।’

अर्यालले वडा नं. १७ को मतदान नसकिदासम्ममा अन्य वडाको मतगणना पनि नगरिने बताए । ‘३ गते मतदान भएको मतपेटिका निर्वाचन कार्यालयमा नआउँदासम्ममा मत गणना सुरू हुँदैन’ उनले भने ‘सबै मतपेटिका आयो भने मात्रै गणना थाल्छौं ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here