- Advertisement -spot_img
Saturday, May 14, 2022
Homeमुख्य खबरन्यायाधीशसँग विद्यार्थी, ‘न्यायिक पहुँच बढाऊ’

न्यायाधीशसँग विद्यार्थी, ‘न्यायिक पहुँच बढाऊ’

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, २८ बैशाख ।
न्याय सम्पादन र न्याय सेवालाई विश्वासिलो बनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन । पछिल्लो समय विभिन्न विषयले केही न्यायमा आलोचना हँुदै गएको भन्दै उनीहरूले विश्वास घटाउने भन्दा बढाउनेतर्फ जानुपर्ने बताए ।

नागरिकले न्यायिक निकायहरूको सहजै उपयोग गर्न सक्ने वातावरणको व्यवस्था गर्न जरूरी रहेको समेत बताए । उनीहरूले कुनैपनि विभेदविना न्याय प्राप्तीका लागि सहजै रूपमा न्यायिक निकायसम्म पुग्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

न्यायालय अदालत, वकिल र न्यायाधीशहरूका लागि नभई न्यायको खोजीमा रहेका व्यक्तिहरूका लागि भएको भन्दै सबैको पहुँचयोग्य न्यायालयको निर्माण गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय अदालतमा भएका गतिविधिले न्याय सम्पादनलाई गोलाप्रथाबाट गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उनीहरूले न्यायालयमा धब्बा लगाउने काम नगर्न आग्रहसमेत गरेका छन ्।

तुलसीपुर उपमहानगर–पालिकाले सञ्चालन गरेको मेट्रो कलेजका बिएलएलबी संकायमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको कानुन दिवसको सार्थकता विषयक अन्तरक्रिया कार्यक्रमका कानुन सरोकारवालाले यस्तो बताएका हुन् । कार्यक्रममा उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितले भनसुन नगरी सत्यताको आधारमा न्याय सम्पादन गर्नुपर्ने बताइन् ।

अदालतमा मुद्दा दर्ता गर्न आउनेहरूले चाँडै न्याय सम्पादन गरिदिनुप¥यो भनेर अहिलेसम्म कोही पनि नआएको उनले सुनाइन् तर पनि अदातलले व्यक्तिको समयलाई ख्याल न्याय सम्पादन एवं मुद्दा फछ्र्यौटको कामलाई बढीमा एकसाता लगाउने गरेको उनले जानकारी दिइन् । कुनै–कुनै मुद्दाहरू एकदिनमै फछ्र्यौट गर्ने गरेको उनको भनाइ छ ।

‘ढिलो न्याय सम्पदान भयो भनेर कसरी भन्नु ? आजसम्म एकजना व्यक्तिले मेरो मुद्दा छिटो फछर्यौट गरिदिनु प¥यो भनेर भन्नु भएको छैन’ उनले भनिन्– ‘तर हामीले एकदिनमा नै मुद्दा मिलाउने काम गरेका छौ, अझै छिटोछरितो र प्रभावकारी रूपमा न्याय सम्पदान गर्ने प्रयासरत छौँ ।’

उच्च अदालत बार इकाई अध्यक्ष पुस्कर भण्डारी, बरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, बामदेव शर्मा, प्रदिप धिताल लगायतले प्रशासन एवं अन्य निकायबाट कानुनको उल्लंघन भइरहेको छ । कानुन समाज र समाजका प्रतिनिधिहरूले बनाउने भएकाले कानुनको पूर्णपालना हरेक क्षेत्र, रहेक निकाय र रहेक व्यक्तिले गर्न जरूरी रहेको बताए । उनीहरूले कानुनको पालना भएमा मात्र देशमा विधिको शासन लागु हुने र आम नागरिकले न्यायालयको महसुस गर्ने भएकाले अनिवार्य रूपमा कानुनको पूर्ण पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, कानुन संकायमा अध्ययनतर सुमित्रा आचार्यलगायतले कानुनी व्यवस्थालाई पालना गर्ने/गराउने क्रममा न्यायिक सम्पादनमा देखिएका समस्याले न्यायालयप्रतिको विश्वास कम हुँदै गएकाले यसमा गम्भीर हुनुपर्ने बताए । ढिलो न्याय सम्पादन हुने भएकाले आम नागरिकमा न्यायलयप्रतिको विश्वास कम हुँदै गएको उनीहरूले बताएका छन् ।

मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा स्वागत विद्यार्थी विन्दु अधिकारीले गरेकी थिइन् । निराजन आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रकाश वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here