- Advertisement -spot_img
Saturday, May 14, 2022
Homeमुख्य खबरसिकलसेल एनिमिया सम्बन्धी कार्यक्रम

सिकलसेल एनिमिया सम्बन्धी कार्यक्रम

- Advertisement -spot_img

सिसहनिया, २८ बैशाख ।
राप्ती गाउँपालिका–७, सिसहनियामा सिकलसेल एनिमियाको निशुल्क परीक्षण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ती गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त परीक्षण गरिएको हो । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको थियो । कार्यक्रममा ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ६ जना मेडिकल विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

रगत परीक्षण कार्यक्रममा राप्ती गाउँपालिकाको वडा नं. ५, ६, ७ र ८ का ५ सय २५ जनाको स्क्रिनिङ गर्दा ४६ जनामा सिकलसेल एनिमिया देखिएको सिसहनिया स्वास्थ्य चौकीका ल्याव असिस्टेन्ट रमेश चौधरीले जानकारी दिए । स्क्रिनिङ गर्दा पोजिटिभ देखिएकालाई थप परिक्षणका लागि समन्वय गरिने र त्यसपछि मात्र रोग वा ट्रेट पत्ता लाग्ने र अझ थप सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिने सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।

त्यस्तै राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण रावतले थारू समुदायको बाहुल्यता रहेको यस पालिकामा यस सम्बन्धी कार्यक्रमहरूको आवश्यकता रहेको बताउँदै आगामी दिनहरूमा समन्वयका साथ कार्यक्रमहरू सञ्चालन गरिने बताए ।

ल्याव सामग्री सहयोग
यसैबीच सीपी नेपालले सिसहनिया स्वास्थ्य चौकीलाई सिकलसेल जाँचका लागि एक लाख रूपैयाँ बराबरका ल्यावका सामग्रीहरू पनि सहयोग गरेको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक रावतलाई ती सामग्रीहरू हस्तान्तरण गरिएको थियो । सीपी नेपालले २०१५ देखि सिकलसेलसम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ भने यस अघि गढवा र राजपुर गाउँपालिकाका स्वास्थ्य चौकीमा सिकलसेलको रगत परीक्षणका लागि ल्यावमा विभिन्न उपकरण पनि सहयोग गरिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुमगन
ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ६ जना मेडिकल विद्यार्थी र सीपी नेपालका निर्देशक सापकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको अनुगमनका साथै प्रमुख रमेश कडेँलसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दाङ जिल्लामा सिकलसेलको अवस्था र बिरामीहरूले भोगिरहेको समस्याका बारेमा छलफल भएको थियो ।

भेटवार्तामा प्रतिष्ठान प्रमुख कडेँलले हेमोग्लोबिन इलेक्ट्रोफोरसेसका लागि बिरामीहरूले निजी ल्यावहरूमा महङ्गो शुल्क तिर्न बाध्य रहेको बताउँदै यस रोगको बारेमा जनचेतना जगाउँदै सोको लागि सबै क्षेत्रले पहल गर्नुपर्ने बताएका थिए ।

स्वयंसेविकालाई सचेतना कार्यक्रम
सीपी नेपालको आयोजना र सिसहनिया स्वास्थ्य चौकीको समन्वयमा राप्ती गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाका लागि सिकलसेल एनिमियासम्बन्धी एकदिने सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सिसहनिया स्वास्थ्य चौकीका प्रमुख धनबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका विभिन्न वडामा रहेका ३० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूले सहभागिता जनाएका थिए ।

यो विषय आफूहरूका लागि नयाँ भएको बताउँदै यो कार्यक्रमपश्चात् आफू कार्यक्षेत्र गाउँमा यस विषयमा आफूहरूले सचेतना फैलाउने स्वयंसेविकाहरूले प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सिपी नेपालका सरीता चौधरी, हेमराज शर्मा र ल्याव असिस्टेन्ट रमेश चौधरीले सिकलसेल एनिमियाका बारेमा जानकारी गराएका थिए ।

सडक नाटक
सीपी नेपालको आयोजनामा राप्ती गाउँपालिका–६, मझेरीयामा सिकलसेलसम्बन्धी चेतना फैलाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको छ । अझै पनि धेरै समुदाय यससम्बन्धी अनविज्ञ रहेको र सो बारेमा सचेतना फैलाउनका लागि स्थानीय भाषाको प्रयोग गरेर नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

किशोरी शिक्षा कक्षा
यसैबीच ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा सीपी नेपालद्वारा सञ्चालित किशोरी कक्षाको पनि अनुगमन गरिएको छ । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ६ जना मेडिकल विद्यार्थीले किशोरीहरूलाई किशोरी शिक्षाका बारेमा प्रशिक्षणसमेत दिएका थिए । अहिले ९० जना किशोरीहरूले यससम्बन्धी प्रशिक्षण लिइरहेको सहजकर्ता सीता कुमालले जानकारी दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here