- Advertisement -spot_img
Saturday, May 14, 2022
Homebreaking-newsमैले कर्मचारी हटाउछु भनेको छैन: गिरी

मैले कर्मचारी हटाउछु भनेको छैन: गिरी

- Advertisement -spot_img

प्रदेश टुडे दाङ,२७ बैशाख । नेपाली काँग्रेस सहितको गठवन्धन दलबाट तुलसीपुर उपमहानगरपालिकामा नगरप्रमुखको उम्मेदवार बनेका काग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरीले आफुले भनेको कुरालाई गलत आसय निर्माण गरि प्रचार गरेको भन्दै ध्यानाकर्षण भएको बताएका छन ।

उनले एक यु टुव च्यालनसंग गरेको कुरालाई विपक्षिहरुले गलत आसयले भ्रम छर्ने कुरा बनाएर गलत प्रचार गरिएको टिप्पनी गरेका छन । उनले आफु निर्वाचित भए पछि नगरलाई व्यवस्थित बनाउने र सुसान युक्त नगर बनाउने योजना अघि सारेकोमा त्यो प्रसंगलाई जोडेर गलत विषय उठान गरि प्रचार गरेको बताए ।

तुलसीपुर उपमहानगरपालिका भित्र बढ्दो आर्थिक चुहावटलाई कम गर्नका लागि कर्मचारीहरुमा निगरानी बढाईने छ भनेको विषयलाई गलत ब्याख्या गरिएको उनको भनाई छ । उनले कर्मचारी हटाउने काम जनप्रतिनिधिको नभएर प्रमुख प्रशासकीय अधिकृतको भएको हुदा यसमा आफनो चासो पनि नरहने बताए ।

केहि सञ्चारमाध्यमले गलत तरिकाले प्रचार प्रसार गरेको प्रति उनले आपत्ति जनाएका छन । कर्मचारी व्यवस्थापन, नियमन, नीतिगत कुराको जिम्मेवारी प्रमुख प्रशासकिय अधिकृतलाई हुने भएकाले त्यस विषयलाई लिएर भ्रम सिर्जना गर्नु गलत भएको बताए ।

गिरीले नगरको सुधार र आर्थिक समृद्धिका लागि आफनो पूर्ण पहल रहने र नगरले सञ्चालन गरेका मेट्रो कलेजमा विभिन्न स्किमहरु सञ्चालन गरेर विद्यार्थीहरुलाई निशुल्कदेखि न्यूनतम शुल्कमा शिक्षा दिने व्यबस्था समेत गर्ने योजना रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here