- Advertisement -spot_img
Saturday, May 14, 2022
Homebreaking-newsदाङमा गठबन्धनको चुनावी सभा, गठबन्धन ऐतिहासिक र राष्ट्रिय आवश्यकताः प्रधानमन्त्री

दाङमा गठबन्धनको चुनावी सभा, गठबन्धन ऐतिहासिक र राष्ट्रिय आवश्यकताः प्रधानमन्त्री

- Advertisement -spot_img

दाङ, २६ बैशाख ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको बताएका छन् । राष्ट्रिय आवश्यकताले अहिले स्थानीय तहसम्म गठबन्धन भएको उनल बताए । उनले यो सफल बनाउने जिम्मा सबैको भएको भन्दै तलदेखि माथिसम्म गठबन्धनकै नेतृत्व आवश्यक रहेको बताए ।

दाङको तुलसीपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै देउवाले यो गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । नेपाली काँग्रेसका सभापतिसमेत रहेको प्रधानमन्त्री देउवाले, ‘केपी शर्मा ओली अराजक भएको टिप्पणी गरेर, आफ्नो प्रधानमन्त्रीको पद नजावस् भने विभिन्न हत्कण्डा अपनाएको उनको भनाइ छ । देउवाले जनताको जनमतको अपमान गर्ने, जननिर्वाचित संसद आफ्नो स्वार्थ पूरा नहुने भएपछि दुई÷दुई पटक विघटन गर्ने काम गरेको बताए ।

‘ओली त कस्ता भए भने अदालत र जनता प्रतिनिधि रहेको सदनको कुरा नमान्ने, संविधान सिध्याउने व्यक्ति हुन् उनी प्रजातन्त्रवादी होइनन्’ उनले भने, ‘अदालतको भनाइ पनि टेरेनन, संविधानको मर्म पनि बुझेनन् ।’ सदनका प्रतिपक्ष बोले विघटन गर्ने, बहुमतलाई नटर्नेले ओली प्रवृत्तिले देश बर्बात हुन थालेपछि गठबन्धन गरेर देश बचाएको उनले बताए ।
ओली प्रवृत्तिलाई निरूत्साहित गर्न गठबन्धन बर्षौ टिकाउन जरूरी रहेको र अहिलेको आवश्यकता भएको उनले बताए ।

देउवाले भने, ‘विजयीको झण्डा तुलसीपुरबाट फहराऔं । गठबन्धनले काँग्रेसलाई फाइदा छ, गठबन्धनकै कारण केन्द्रदेखि प्रदेशसम्म काँग्रेस सरकार छ । गठबन्धनका उम्मेदवारलाई जिताउनु नै अहिलेको माग भएको हुँदा यता केही नगरेर ढुक्क भएर गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न मतदातालाई आग्रह समेत गरे । उनले भने यो गठबन्धन जनअपेक्षाअनुसार नै भएको हुँदा दिगो रूपमा गठबन्धनलाई लैजानु पर्ने बताए ।

संविधानको रक्षा गर्न गठबन्धनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त गठबन्धनलाई विजयी बनाउन आग्रह गरेका छन् । दाङको तुलसीपुरमा आयोजित चुनावी सभामा प्रचण्डले लोकतान्त्रिक प्रगतिशील र अग्रगामी गठबन्धनलाई विजयी बनाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘संविधान विरोधी सल्बलाएको बेला लोकतान्त्रिक बाम एकतामार्फत एक भएर संविधान बनाएको बन्दै संविधान बनाई सकेपछि त्यहि संविधान बचाउन गठबन्धन बनेको बताए । ‘गणतन्त्र स्थापना गर्दा सबै पार्टीलाई र हामीलाई पनि सहमति र सहकार्य गर्न गिरिजाप्रसाद कोइरालाले सिकाउनुभएको हो’ उनले भने, ‘अहिले पनि त्यहीअनुसार एकता तालमेल भएको छ । सबैलाई एकताबद्ध गरेर समाजवादउन्मुख राज्य स्थापना गर्नुपर्छ ।’

संविधान कार्यान्वयन र जनताको आवश्यकताअनुसार विकास गर्न गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘जनताको सार्वभौमसत्ता विघटन गर्ने काम भयो । त्यो संरक्षण गर्न गठबन्धन भयो । ‘संविधान च्यात्ने तत्वको एउटा जसका केपी ओली र राप्रपा छन् र अर्काे लोकतान्त्रिक प्रगतिशीलको गठबन्धन बनेको छ । त्यो गठबन्धन हाम्रो हो’ उनले भने, ‘संविधान च्यात्नेहरूलाई सजाय दिनुपर्छ ।’ उनले संयुक्त सरकार अझै केही वर्ष चल्ने दोहो¥याए ।

उनले भने, ‘स्थानीय तहमा गठबन्धन गर्न धेरै गाह्रो छ । तर, जनताको आवश्यकता, केन्द्रको आवश्यकताले गठबन्धन बनेको हो । दिगो शान्तिका लागि पनि गठबन्धन चाहिन्छ । तसर्थ पार्टी जुन भए पनि गठबन्धनअनुसार भोट हालेर गठबन्धनका उम्मेदवार जिताउनुस् । गणतन्त्र विरोधी प्रतिगमनको विरोधमा गठबन्धन बनेको भन्दै बताए ।

डा विजय पौडेलले गठबन्धन एक भएर गएको र त्यो स्थानीय स्तरमा पनि महसुस हुनुपर्ने बताए । उनले त्यो अनुभूति टोलसम्म गराएर गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, उपमेयरका उम्मेदवार जोग बहादुर राना लगायतले सम्बोधन गरेका थिए । काँग्रेस जिल्ला सभापति शंकर डाँगीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here