- Advertisement -spot_img
Saturday, May 14, 2022
Homebreaking-newsसरसफाई कर्मचारीलाई निःशुल्क बिमा र स्वास्थ सेवाः गेहेन्द्र गिरी

सरसफाई कर्मचारीलाई निःशुल्क बिमा र स्वास्थ सेवाः गेहेन्द्र गिरी

- Advertisement -spot_img

तुलसीपुर, २६ बैशाख ।
तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट नगरप्रमुख (मेयर)का उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले आफूले जिते नगरमा कार्यरत सरसफाई कर्मचारीको निशुल्क विमा र निशुल्क स्वास्थ्य उपचार गरिदिने बताएका छन् ।

तुलसीपुर उपमहानगर–पालिकाका मेयर पदका उम्मेद्वार गिरीले सरसफाई कर्मचारीहरूका लागि स्वास्थ्य बिमाको व्यवस्था गर्ने बताएका छन् । आइतबार तुलसीपुरमा भएका कार्यक्रममा गिरीले फोहोर संकलन, व्यवस्थापन एवं सरसफाईको काम गर्दै आएका तुलसीपुर उपमहानगरपालिका सरसफाई कर्मचारीहरूको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै निःशुल्क बिमा र स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

स्थानीय तहको चुनावबाट मेयर पदमा निर्वाचित भएलगत्तै उक्त नीति ल्याएर कार्यान्वयन गर्ने उनको प्रतिवद्धता रहेको छ । सुन्दर नगर र स्वच्छ नगर बनाउन अहोरात्र खट्ने सरसफाई कर्मचारीको सम्मानका लागि आफूले यो नीति लिने निर्णय गरेको बताए ।

यसैगरी उनले ६० वर्ष माथिका बृद्धबृद्धाहरूको लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सहितको नीति ल्याउने र त्यसलाई पूर्णरूपमा कार्यान्वयन गर्ने बताए । तुलसीपुरमा रहेको खानेपानीको समस्यालाई मध्यनजर गर्दै जनताको आवश्यकता अनुसार खानेपानीको सहजता ल्याउने बताएका छन् ।

उनले प्रत्येक वडामा खेलमैदान निर्माण गर्ने, प्रत्येक वर्ष मेयरकप, राष्ट्रपति कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने र उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहन स्वरूप पुरस्कारको व्यवस्थासमेत गर्ने बताए । उनले तुलसीपुर क्षेत्रमा चौक–चौकमा खानेपानीको व्यवस्थापन र निशुल्क घुम्ती शौचालय सञ्चालन गर्ने समेत बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here