Friday, April 26, 2024
Homeमुख्य खबर‘सुशासनमैत्री नगर बनाउने योजना’

‘सुशासनमैत्री नगर बनाउने योजना’

- Advertisement -spot_img

सामाजिक क्षेत्रमा क्रियाशील भएर चिनिएका टोपबहादुर महतारा जनता समाजवादी पार्टी नेपालबाट तुलसीपुर उपमहानगरपालिकामा नगर प्रमुखको उम्मेदवार बनेका छन । उनका चुनावी अभियानका वारेमा समवाद गरेका छौ । – सम्पादक

तपाईको उम्मेदवारी किन ?

म विगतदेखि नै सामाजिक काम गरिरहेको छु । उपमहानगरपालिका भित्रका विभिन्न विपन्न समुदायसँग साक्षात गरिरहेको छु । समस्याग्रस्त बस्तीहरूमा काम गर्दै जाँदा समाज सेवाको काम गर्ने अनुभव लिएको छु । तुलसीपुर उपमहनगरपालिकालाई आर्थिक, सामाजिक, सांस्कृतिकमात्रै नभएर हरेक भौतिक निर्माणसँग जोडिएका कामलाई सम्पन्न गर्नका लागि मेरो उम्मेदवारी हो ।

शिक्षा, खानेपानी, आवासीय व्यवस्थापनका लागि म नेतृत्वमा पुग्न खोजेको छु । तुलसीपुर उपमहानगरबासी सम्पन्नशाली हुनुहुन्छ । सोचको परिवर्तन गराउनुछ । समाज परिवर्तनका लागि सोच परिवर्तन हुनुपर्छ । गाउँ समाजमा विभिन्न घटना घटिरहेका छन् ति घटनाहरूलाई समाधान गर्न र आवश्यक हरेक विकास निर्माणलाई सम्भव बनाउनका लागि मेयरमा उम्मेदवारी परेको हो ।

सुरूमा के काम गर्नुपर्छ ?

सबैभन्दा पहिला म तुलसीपुरको नीतिगत भ्रष्टाचारलाई अन्त्य गर्न चाहन्छु । मैले पनि राज्यबाट पाउने कुनै सेवा सुविधा लिने छैन् । भ्रष्टाचारलाई शून्यमा झारेर सुशासनमैत्री नगर बनाउन मेरो प्रमुख भूमिका हुनेछ । त्यसैगरी मानव जीवनका लागि अति आवश्यक पर्ने खानेपानीको उचित व्यवस्थापनमा मेरो ध्यान पुग्ने छ । मुहानदेखि उपभोक्ताको मुखसम्म शुद्ध खानेपानी वितरणका लागि म लाग्ने छु ।

शिक्षाको क्षेत्रमा पनि मेरो ध्यान जानेछ । गरिव तथा विपन्न बालबालिकाले निशुल्क शिक्षा आर्जन गर्ने छन् । सकेसम्म माविसम्मको शिक्षालाई पूर्णतया निशुल्क बनाउन म लाग्नेछु  । अनि तुलसीपुरको कृषि क्षेत्र, औद्योगिक क्षेत्र छुट्याउने मेरो काम हुनेछ । यसैगरी महिलालाई आत्मनिर्भर बनाउनका लागि विभिन्न किसिमका उद्यममा सहयोग गर्नेछु । यस्तै सबै धर्मको सम्मान गर्दै तुलसीपुरलाई सबै जातजाति, धर्मको साझा फूलबारी बनाउनेछु । यसको अर्थ कुनै धर्ममा आस्था राखेको आधारमा सहयोग नपाउने प्रवृतिको अन्त्य गर्छु ।

मतदाताले कसलाई मत दिने ?

सबैभन्दा महत्वपूर्ण कुरा त पार्टी हो । किनभने जनता समाजवादी पार्टीले मधेश प्रदेशमा सरकार सञ्चालन गरिरहेको अवस्था छ । जनजीविकालाई सहज बनाउने सवालमा पार्टीको भूमिका महत्वपूर्ण छ । अब कुरा त्यतिमात्रै सीमित रहेन । मलाई तुलसीपुर उपमहानगरपालिकाबासी सबैले चिन्नुहुन्छ । म सबैसँगै नजिक हुन पाएको छु । सामाजिक अभियानमा म लाग्दै गर्दा समाजका हरेक काम गरेको छु । त्यसैले पनि भोट टोपबहादुरको पक्षमा आउँछ भन्नेमा विश्वस्त छु । टोपबहादुर र जसपा दुवैलाई मत आउनुपर्छ भन्ने लाग्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here