Saturday, March 15, 2025
Homeटुडे वार्तामुख्य चोकहरूमा ‘आकासे पुल’

मुख्य चोकहरूमा ‘आकासे पुल’

- Advertisement -spot_img

व्यावसायिक तथा विभिन्न अभियानमा क्रियाशील व्यक्तित्व पदम पोख्रेल ‘जेठुकान्छु’ नेकपा एमालेको तर्फबाटबाट तुलसीपुर उपमहानगरपालिकामा वडा नम्बर ५ को अध्यक्षको उम्मेदवार बनेका छन् । उनका चुनावी अभियानका बारेमा हामीले संवाद गरेका छौ । – सम्पादक

मतदाताले किने भोट दिने ?

तुलसीपुर उपमहानगर–पालिकाको बजारक्षेत्रमा पर्ने वडा नम्बर ५ हो । वडा नम्बर ५ मा सबैभन्दा बढी व्यापार, व्यवसायबाट लाखौँको राजस्व उठ्छ । तर यसको विकासमा केही कन्जुस अवश्य भएको छ । यसका लागि वडालाई नमुना विकास गर्ने योजनासहित अहिले म वडा अध्यक्षका लागि उम्मेदवारी दिएको छु ।

मलाई मतदाताले किन भोट दिने ?

भनेपछि वडामा सेवा छिटोछरितो पाउन र वडामा केही नमुना विकास पाउन मलाई भोट दिने हो । मैले विषेशगरी ५/६ कामलाई मुख्य योजना बनाएको छु । वडाभित्र स्वागतगेट निर्माणदेखि मुख्य चोकहरूमा आकासेपुल निर्माण गर्ने योजना बनाएको छु । विरेन्द्र चोक, विपी चोक र पिपलबोटमा ट्रस्टवाला पक्की पुल निर्माण गर्ने योजना अघि सारेको छु ।

बसपार्कमा अटो ठेला अव्यस्थित बनेको अवस्थामा त्यसलाई व्यवस्थापन गर्नका लागि बसपार्ककै छेउमा सटर निकालेर व्यस्थित व्यवसाय सञ्चालन गर्ने, यसअघिका जनप्रतिनिधिले पूरा गर्न नसकेका काम पूरा गर्ने मेरो जिम्मेवारी हुने छ । यस्तै पातुखोलको छेउमा करिडोर निर्माण, अरनिको खेल मैदानमा अन्डग्राउण्ड पार्किङको व्यवस्था गरिनेछ ।

महत्वकांक्षी योजना भएनन् र ?

होइन्, सम्भव हुने योजना हुन् । अरनिको खेल मैदानमा अण्डरग्राण्ड पार्किङको ठूलो योजना हो । यसमा नगर, प्रदेश वा संघ सरकारको सहयोग आवश्यक पर्छ । तर पनि सम्भव हुन्छ भन्ने बुझेको छु । अरू आकाशे पुल, करिडोर निर्माण त म वडाकै बजेटले सम्भव गराउन सक्छु । योजना बनाउनु महत्वपूर्ण कुरा हो । त्यसलाई कार्यान्वयन गरेर नागरिकले परिवर्तनको अनुभूति गराउनका लागि सहयोग त लिनैपर्छ । वडाबाट योजना गएनन् भने संघ र प्रदेश सरकारको काम पनि त के भयो र ? त्यसैले पनि केही ठूलो लगानीका योजना बनाएको छु, केही वडाकै लगानीमा सम्भव हुने योजना बनाएको छु ।

गठबन्धन दलसँगग प्रतिस्पर्धा गर्दै हुनहुन्छ कति सहज छ ?

मलाई थाहा छ, खेलमा जित हार अवश्य हुन्छ तर के पनि विश्वास छ भने मतदाताले राम्रो र सक्षम उम्मेदवार छनौट गर्न मतदाता नै सक्षम हुनुहुन्छ । किनभने अहिलेको अवस्थामा नागरिकका समस्यासँग हामी कति नजिक भयौँ, निर्वाचनको बेलामा मात्रै नभएर अन्य समयमा नागरिकका सुखदुःखमा कति हामी सँगै भयौँ भन्ने कुरा मुख्य कुरा हो । म लामो समयदेखि सामाजिक सेवामा काम गरिरहदा अहिले वडाको जिम्मेवारी दिन मतदाता आतुर हुनुहुन्छ । बैशाख ३० आउन दिनुहोस्, हामी तपाईको पक्षमा मतदान गछौँ भनेर आम मतदाता आतुर हुनुहुन्छ । म गठबन्धनसँग डराएको छैन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here