तुलसीपुर, २५ बैशाख l तुलसीपुर उपमहानगरपालिकामा नेपाली काग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट नगरप्रमुख(मेयर)का उम्मेदवार बनेका नेपाली काग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले आफुले जिते नगरमा कार्यरत सरसफाई कर्मचारीको निशुल्क विमा र निशुल्क स्वास्थ्य उपचार गरिदिने बताएका छन ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार गिरीले सरसफाई कर्मचारीहरुका लागि स्वास्थ्य विमाको व्यवस्था गर्ने बताएका छन् । आइतबार तुलसीपुरमा भएका कार्यक्रममा गिरीले फोहोर संकलन, व्यवस्थापन एवं सरफाईको काम गर्दै आएका तुलसीपुर उपमहानगरपालिका सरसफाई कर्मचारीहरुको सुरक्षा पहिलो प्राथाकिता भएको भनदै निःशुल्क विमा र स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका हुन् । स्थानीय तहको चुनावबाट मेयर पदमा निर्वाचीत भएलगत्तै उक्त नीति ल्याएर कार्यान्वयन गर्ने उनको प्रतिबद्धता रहेको छ । सुन्दर नगर र स्वच्छ नगर बनाउन अहोरात्र खट्ने सरसफाई कर्मचारीको सम्मानका लागि आफुले यो नीति लिने निर्णय गरेको बताए ।
यसैगरी उनले ६० वर्ष माथीका बृद्धबृद्धाहरुको लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सहितको नीति ल्याउने र त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताए । तुलसीपुरमा रहेको खानेपानीको समस्यालाई मध्यनजर गर्दै जनताको आवश्यकता अनुसार खानेपानीको सहजता ल्याउने बताएका छन ।
उनले प्रत्येक वडामा खेलमैदान निर्माण गर्ने, प्रत्येक वर्ष मेयरकप, राष्ट्रपतिकप खेलकुद प्रतियोगीता सञ्चालन गर्ने र उत्कृष्ट खेलाडीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था समेत गर्ने बताए । उनीले तुलसीपुर क्षेत्रमा चौक चौकका खानेपानीको व्यवस्थापन र निशुल्क घुम्ती शौचालय सञ्चालन गर्ने समेत बताएका छन ।