दलहरूले चुनावी गतिविधि बढाएका छन् । मतदाताको घरदैलोमा जानेक्रम तिव्र रहेको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरेकी हुमा डि.सी. नेकपा एमालेको तर्फबाट घोराही उपमहानगरपालिकाको उम्मेदवार बनेकी छन् । डिसीका चुनावी गतिविधि बारेमा संवाद गरेका छौं । – सम्पादक
चुनावी अभियान कसरी बढ्दै छ ?
हामी निरन्तर जनताका माझ जाने कुरालाई तीव्र बनाएका छौँ । जनतालाई आफ्ना एजेन्डाहरूबारे जानकारी दिने, नागरिकहरूसँगको छलफलमै छौँ । लामो समय सामाजिक अभियन्ताको रूपमा काम गरेँ त्यो बेलाको सञ्जालसँगको नियमित सम्पर्क अहिले पनि छ । सामाजिक क्षेत्रका समस्याहरूमा केन्द्रित भएर चुनावी अभियानमा होमिएका छौँ ।
सामाजिक क्षेत्रमा काम गनेले राजनीतिमा विश्वास जित्नु होला त ?
हिजो सामाजिक क्षेत्रमा थुप्रै काम गरेको छु । वडा नागरिक समितिदेखि काम सुरू गरेको हिंसा पीडित महिलाको लागि सुरक्षित आवासगृह सञ्चालन गरेको अनुभव छ । विकास निमार्णका काम मेरो नेतृत्वमा धेरै भएका छन् । गाउँमा खानेपानीका लागि कुवा खन्ने, ह्युमपाइप, विद्युत नभएका ठाउँमा विद्युत पु¥याउने काम गरेँ । हिंसामा परेका महिलाहरूका लागि काम गरे । विधवा महिलालाई रंगभेदको कुरालाई मेरो नेतृत्वमा आवाज उठाएका कारण आज सहजरूपमा रातो लगाउने काम भएको छ ।
स्थानीय तहमा गएर सबै नागरिकको सेवा गर्नुपर्छ भन्ने मान्यताले गर्दा म अगाडि आएको छु । एउटा मान्छेलाई पाँचवटा रूख चाहिन्छ भन्ने मान्यताले गर्दा वनमा काम गर्दा पनि महत्वपूर्ण भूमिका रहेको छ । हिजो नेतृत्व लिने तहमा थिएन आज नेतृत्वमा आउने अवसर मिलेको छ, अझै केही गरेर देखाउन पर्छ भन्ने उद्देश्यले अगाडि बढेको छु । त्यसकारण पनि विश्वास बढेको छ ।
तपाईलाई मत किन दिने ?
महिलालाई राज्यले दिएको कुराबाट बन्चित गराउनु हुँदैन । समान सहभागिता हुनुपर्छ । महिलाहरूलाई हरेक क्षेत्रमा सक्षम र सबल बनाउने छौँ । समृद्ध घोराही र सुखी जनता बनाउने कुरालाई प्राथमिकतामा राखेका छौँ । खानेपानी, सडक र शिक्षा, स्वास्थ्य र सिचाइँलाई सबै नागरिकको पहुँचमा पु¥याउने छौँ । आर्थिक समृद्धि, पूर्वाधार, विकास निमार्णका काम पूरा गर्ने छौँ । समग्रमा सबै नागरिकको हित हुने काम गर्ने छौँ । यिनै संकल्पका साथ हामी अघि बढेका छौँ ।
कस्ता योजना बनाएर अगाडि बढ्नुभएको छ ?
सुशासन, विकास र समृद्धिको कुरालाई अगाडि सारेका छौँ । विकास निमार्णका कुरालाई अगाडि बढाएका छौँ । स्वास्थ्य, खानेपानी, विद्युतका कुरालाई सबै नागरिकका घर–घरमा पु¥याउने छौँ । नालासहितका पक्की बाटो निर्माणलाई प्राथमिकता दिएको छ । अन्यायमा परेका नागरिकलाई न्यायमा सहजरूपमा पहुँच पु¥याउने छौँ । महिला उम्मेदवार उपमेयरको रूपमा अगाडि आएको कारण महिलाका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्नेछौं । ग्रामीण क्षेत्रका महिलाको आवश्यकतालाई राम्रोसँग बुझेको छु त्यसैले महिलाको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्नेछु ।