Thursday, March 28, 2024
Homeविचारवडाको विकास गर्छु

वडाको विकास गर्छु

- Advertisement -spot_img

यमराज के.सी.


निर्वाचनको मिति नजिकिदै जाँदा दल तथा तिनका उम्मेदवार चुनावी मत परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी गतिविधिलाई तिब्र बनाएका छन् । नेकपा एमालेबाट वडा नम्बर १० को अध्यक्षका लागि उम्मेदवारी दिएका यमराज के.सी.सँग चुनावी गतिविधिका बारेमा संवाद गरेका छौं । – सम्पादक


तपाईको उम्मेदवारी किन ?

वडाको बृहत्तर विकासका लागि मैले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । वडामा भौतिकदेखि सामाजिक विकास आवश्यक छ । उपमहानगरपालिकाभित्रको सम्भावनै सम्भावना भएको वडा नम्बर १० लाई समग्र विकासका लागि नेतृत्वमा आउन खोजेको हुँ ।

जित्छु भन्नेमा कति विश्वस्त हुनुहुन्छ ?

मलाई गठबन्धन भएपनि केही फरक पर्दैन । मतदाताले पार्टीमात्रै हेर्दैनन्, व्यक्तिलाई पनि हेर्नुहुन्छ । नागरिकको माया र सहानुभूतिले नै म नेतृत्वका लागि आउने आकांक्षा राखेको हुँ । उहाँहरूको अमूल्य मत मेरो पक्षमा आउँछ भन्नेमा म ढुक्क छु ।

जनमत जुट्ने आधार के हो ?

म सामाजिक क्षेत्रमा निरन्तर काम गरिरहेको छु । २०औँ वर्ष अघिदेखि निरन्तर समाजका हरेक समस्यासँग नजिक हुन पाएको छु । यसअघि म शैक्षिक क्षेत्रमा थिए, अनि नागरिकका विभिन्न सुख दुःखसँग नजिक भएको छु । समाजको विकासको लागि म निरन्तर लागिरहेको छु । त्यसकारण पनि मेरो पक्षमा मत आउँछ भन्नेमा विश्वस्त छु ।

काँग्रेसको जनमत राम्रो छ भन्छन् नि ?

खै त्यो कसरी भनिएको हो, मलाई थाहा भएन् । गत चुनावमा नेपाली काँग्रेसका उम्मेदवारको जित भएकाले पनि भनिएको होला । अहिले त्यो माहोल छैन् । आम नागरिकले पार्टीभन्दा पनि व्यक्ति, समाजसँग कति नजिक छ भन्ने कुरालाई हेर्ने हुन् । त्यसैले पनि गत चुनावको नतिजा हामी उल्टाउँछौँ भन्नेमा म ढुक्क छु ?

मतदाताले विश्वास गरे भने वडालाई समृद्ध बनाउन के योजना बनाउनुभएको छ ?

वडा नम्बर १० लाई चिनाउने मुख्य त पर्यटकीय स्थल गौरीगाउँ ताल छ, तालको विकास गरी आर्थिक समृद्धितर्फ लैजाने योजना छ । त्यसैगरी वडामा विषेशगरी कृषिका आधारहरू प्रशस्त छन् । कृषिको लागि पकेट क्षेत्रको रूपमा रहेको वडा नम्बर १० मा पर्याप्त सिचाइँको व्यवस्थापन गरेर कृषि उत्पादनमा वृद्धि गरी वडालाई आर्थिक समृद्धिको मार्गमा लैजाने योजना बनाएको छु ।

सामाजिक सुरक्षा भत्ताको लागि बैंकमा पुग्नुपर्दा धेरै सास्ती भएको छ, यो कुरामा ध्यान दिनुहुन्छ कि नाई ?

एकदम, मैले सोचि राखेको विषय हो । यसका लागि म नेतृत्वमा आउने अवसर जुटेपछि गाउँ–गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया मिलाउँछु । ठूला–ठूला कुरा गर्नुभन्दा साना समस्यालाई समाधान गरेपछि नै नागरिकले परिवर्तनको अनुभूति गर्नुहुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here