Thursday, March 28, 2024
Homeमुख्य खबरमुसुक्क हाँसेर हुने भए तुलसीपुर फेरिसक्थ्योः गिरी

मुसुक्क हाँसेर हुने भए तुलसीपुर फेरिसक्थ्योः गिरी

- Advertisement -spot_img

तुलसीपुर, २१ बैशाख ।
विगतमा हासेर मात्रै जितेका तुलसीपुर उपमहानगरपालिकाले नगरलाई नराम्रोसँग थलापरेको सत्तापक्ष गठबन्धनका उम्मेदवारहरूले बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार गेहेन्द्र गिरीले मुुसुक्क हाँस्दैमा विकास नहुने टिप्पणी गरे ।

‘हाँसेर विकास हुने भए तुलसीपुरका हाँस्ने मेयरले सबै विकास गरी सक्थ्यो होला, उल्तै नागरिकलाई ऋण लगाएर गएका छन्’ गिरीले भने, ‘यति मात्रै हैन नगरको विद्युत बिलसमेत नतिरेर अन्धकार बनाए । तुलसीपुर उपमहानगरपालिका विभिन्न वडामा गरिएका चुनावी सभाहरूलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गिरीले यस्तो बताएका हुन्

‘असाध्य राम्रा मान्छे मुसुक्क हाँस्ने मान्छे, मिठा कुरा गर्ने मान्छे भनेर गएको निर्वाचनमा मतदान गर्नुभयो’, उनले भने ‘हाँस्यो की फस्यो भने जस्तै तपाईहरू फस्नुभयो, यति राम्रो मिठा मान्छेले राम्रै काम गर्नुहुन्छ, भन्ने सोँच्नु भएको थियो होला, तर अहिलेसम्म ७० करोड ऋण लगाउनुभएको छ । यसको ३० गतेसम्म १ अर्ब ऋण लाग्नेछ ।’ अब त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता रहेको उनी बताउँछन् ।

‘अब त्यो ऋण घनश्यामले तिर्दैनन्’ उनले भने ‘ऋण नतिरेर साहुले मान्दैनन्, पहिले ऋण तिर्ने अनि काम गर्ने अवस्था छ ।’ स्मार्ट सीटीका नाममा ठूला–ठूला कुरा गरेपनि उनले विरेन्द्र चोक, हात्तिखौवा लगायतका खाल्डाहरू समेत पुर्न नसकेको बताए । त्यस अवसरमा उपमेयर पदका उम्मेदवार जोगबहादुर रानाले तुलसीपुुरको विकासका लागि आफूहरूलाई जिताउन आग्रह गरे । काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले यो गठबन्धन संविधान जोगाउने गठबन्धन भएकाले सबैले गठबन्धनका पक्षमा प्रचार गर्न आग्रह गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here