- Advertisement -spot_img
Saturday, May 14, 2022
Homeखेलकुदकराँते खेलाडीहरूको वेल्ड, ग्रेडिङ तथा दीक्षान्त

कराँते खेलाडीहरूको वेल्ड, ग्रेडिङ तथा दीक्षान्त

- Advertisement -spot_img

दाङ, १८ बैशाख ।
गोजुरियो कराँते खेलाडीहरूको वेल्ड ग्रेडिङ्ग तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । सहिद विदुर स्मृति डोजोको आयोजनामा भएको वेल्ट ग्रेडिङ्ग तथा दीक्षान्त समारोहमा १७ जना खेलाडीहरू दीक्षित भएका छन् । सहिद विदुर स्मृति डोजो जाजरकोट खलंगा थाप्लेमा खेल्दै आएका खेलाडीहरू मध्ये ४ जना ग्रीन बेल्ट, ८ जना ओरेन्ज र ५ जनालाई एलो बेल्ट प्रदान गरि दीक्षित गरिएको हो ।

नेपाल गोजुरियो कराँतेका प्रमुख प्रशिक्षक विआर मित्रले नेतृत्व गरिरहेको गोजुरियो कराँतेका वरिष्ठ प्रशिक्षक वीरेन्द्र विकलगायत प्रशिक्षकको टीमले खेलाडीहरूलाई आत्म अनुशासनसँगै, आवश्यक ट्याक्निक, ट्याक्टिस र स्किलका बारेमा विशिष्ट प्रशिक्षण दिएको थियो । सोही समारोहमा नेपाल गोजुरियो कराँते दो संघका केन्द्रीय अध्यक्ष तथा भेरी नगरपालिकाका निवर्तमान नगर प्रमुख सीपी घर्तीले जिल्लामा कराँते खेलको विकास र विस्तारका लागि दश हजार बराबरको कराँते सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल गोजुरियो कराँतेका बरिष्ठ प्रशिक्षक हरिशचन्द्र राना, सहिद विदुर स्मृति डोजो प्रमुख प्रेम विश्वकर्मा, हुम बहादुर परियार, अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक निशाना रोका मगर र एमेसन चौधरी, खेलाडीका अभिभावक, जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नर बहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here