Friday, January 24, 2025
Homeअर्थजाल्पा लघुवित्तको वार्षिक समीक्षा गोष्ठी

जाल्पा लघुवित्तको वार्षिक समीक्षा गोष्ठी

- Advertisement -spot_img

सल्यान, १२ बैशाख ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सल्यानको कपुरकोटमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । आइतबार शाखास्तरीय वार्षिक केन्द्र प्रमुख समीक्षा गोष्ठी सम्पन्न भएको जाल्पा सामुदायिक लघुवित्तले जनाएको छ ।


लुहाम शाखाअन्तर्गत ६ नम्बर केन्द्रका उपप्रमुख प्रेम कुमारी बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पवन योगीले जाल्पा सामुदायिक लघुवित्त राष्ट्रियस्तरको वित्तीय संस्था रहेको बताए ।

उनले ग्रामीण एवं सहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्यून आय भएका समुदायका व्यक्तिहरूलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सिर्जना गर्दै समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।

पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसीले लघुवित्तको सेवालाई विपन्न तथा न्यून आय भएका व्यक्तिको घरसम्म प्रभावकारी रूपले लैजानुपर्नेमा जोड दिए । उनले लघुवित्तबाट लिएको कर्जालाई उत्पादनमूलक कार्य र व्यवसायमा सदुपयोग गर्नुपर्ने बताए । लुहाम शाखा प्रवन्धक डिला पाण्डेले संस्थाको हालसम्मको स्थितिबारे प्रस्तुती राखेकी थिइन् ।

उनले हालसम्म संस्थाको कुल बचत ४ करोड ८५ लाख २७ हजार ६१६ रूपैयाँ रहेको बताइन् । यस्तै हालसम्मको ऋण लगानी ४३ करोड ५९ लाख ५७ हजार ६०० रूपैयाँ रहेको र ३४ करोड ३० लाख ७० हजार ८८४ रूपैयाँ ऋण असुली भइसकेको जानकारी दिइन् ।

गोष्ठीमा संस्थाका वरिष्ठ प्रवन्धक सरोज शर्मालगायत संस्थामा आवद्ध विभिन्न समूहका सदस्यहरूको सहभागिता थियो । सो अवसरमा उत्कृष्ट तीनवटा केन्द्रलाई पुरस्कृत गरिएको थियो भने संस्थामा आवद्ध तीनजना उत्कृष्ट व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो । संस्थाका लुहाम शाखाका अनुगमन अधिकृत गगन योगीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सल्यानसहित रोल्पा र दाङमा पनि सेवा विस्तार गरेको जनाएको छ । जसमा १२८ वटा केन्द्रअन्तर्गत ५०७ वटा समूह रहेका छन् । १६७२ सदस्य संख्या रहेको जाल्पा सामुदायिक लघुवित्तको लुहाम शाखामा ऋणीको संख्या ७६४ जना रहेको बताइएको छ । २०६७ जेठ २ गते जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लुहामको स्थापना भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here