- Advertisement -spot_img
Saturday, May 14, 2022
Homeखेलकुदत्रिसिद्धेश्वरीलाई मेयर कप टी–२० क्रिकेटको उपाधि

त्रिसिद्धेश्वरीलाई मेयर कप टी–२० क्रिकेटको उपाधि

- Advertisement -spot_img

दाङ, ११ लमही ।
लमही नगरपालिका तेस्रो मेयर कप दाङ जिल्लास्तरीय टि–२० क्रिकेट प्रतियोगिता–२०७९ को उपाधि त्रिसिद्धेश्वरी स्पोट्र्स क्लव तुलसीपुरले जितेको छ । देउखुरी क्रिकेट क्लवको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा दंगाली स्पोट्र्स एकाडेमी घोराहीलाई ६ रनले पराजित गर्दै त्रिसिद्धेश्वरी स्पोट्र्स क्लवले उपाधि जितेको हो ।

उपाधिसँगै क्लवले नगद ५० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । फाइनलमा हार ब्यहोरेको दंगाली स्पोट्सै एकाडेमी उपबिजेतामा सीमित रहदै नगद ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको त्रिसिद्धेश्वरीले २० ओभरको समाप्तिमा आफ्ना ६ विकेटको क्षतिमा १२५ रन बनाएको थियो ।

जसमा समिर न्यौपानेले सर्वाधिक ३९ रनको योगदान दिए । कप्तान शंकर बुढा ३८, सुदिप नेपाली १८ र संजोग गिरीले १२ रनको महत्वपूर्ण पारि खेलेका थिए । बलिङतर्फ दंगालीका एकाडेमीका सुमन दसौदीले २ विकेट तथा आशिष वली र विरू मगरले समान १/१ विकेट लिए । १२६ रनको विजयी लक्ष्य पछ्याएको दंगाली स्पोट्र्स एकाडेमी घोराहीले १९ दशमलव ५ ओभरमा अलआउट भयो । जसमा दंगालीका विराट सिंह भण्डारीले ४२ सुशान्त सिंह थापा १६ तथा विसम थापाले २३ रनको पारि खेले ।

बलिङमा त्रिसिद्धेश्वरीका लक्ष्मण बुढा र करण कुमारले सानदार बलिङ गर्दै समान ३/३ विकेट लिए भने मोहन खत्रीले महत्वपूर्ण २ र सुदिप नेपालीले १ विकेट लिए । खेलमा उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चदै ३ महत्वपूर्ण विकेट लिने त्रिसिद्धेश्वरीका लक्ष्मण बुढा म्यान अफ द फाइनल म्याच घोषित भए ।

यसैबीच प्रतियोगिताको समापन समारोह देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षता तथा लमही नगरपालिकाका नगरप्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्य एवं उपप्रमुख देविका बेलवासेको विशिष्ट आतिथ्यमा भएको थियो । सो अवसरमा प्रतियोगिताको अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत विधातर्फ ईमर्जिङ प्लेयर र वेष्ट बलर ऋषि डिसी, वेष्ट ब्याट्सम्यान सुशान्त सिंह थापा र म्यान अफ द सिरिज मोहन खत्री घोषित भए ।

एक सातासम्म सञ्चालित प्रतियोगिताको अम्पायरको भूमिकामा इनामुदिन हल्वाई, रमेश सिंह पुन, अमित तामाङ रहेका थिए भने स्कोररमा मधु डिसी र सुरज खनाल रहेका थिए । कार्यक्रमको सहजीकरण विकास भट्टराईले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here