स्थानीय तहको निर्वाचनको मिति आउन एक महिना पनि छैन् । बैशाख ३० मा हुने पालिकाको निर्वाचन मिति नजिकिदै जाँदा पालिकाको प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी घोषणा हुनेक्रम चलिरहेको छ । बैशाख ११ र १२ मा हुने उम्मेदवारी मनोनयनको समय नजिकिदै गएको अवस्थामा दललाई उम्मेदवार छनौटलाई तिब्रता दिएका छन् । प्रदेश टुडे राष्ट्रिय दैनिकले ‘आकांक्षी उम्मेदवारहरुसँग प्रदेश टुडे’ अभियान चलाएको छ । तुलसीपुर उपमहानगरपालिकाको नगरप्रमुखको आकांक्षा व्यक्त गरेका नेपाली का“ग्रेस महाधिवेशन प्रतिनिधि डा. नहकुल के.सी.सँग अभियान अन्तर्गत संवाद गरेका छौं ।
स्थानीय निर्वाचन त आयो चुनावी चहल पहल के छ ?
‘घर–घर जाउ, काँग्रेस जिताउ’ अभियान प्रत्येक वडाका टोल–टोलमा पुगेर त्यहाँका जनताको जनभावना बुझेको छु । उहाँहरूका आधारभूत आवश्यकता तथा दीर्घकालिन आवश्यकताहरूको पहिचान गरेको छु । त्यो नै चुनावको लागि मार्ग दर्शन हो । र यही आधारमा अगाडि बढ्न पर्छ भन्ने मैले आधार तय गरेको छु । आज म काठमाडौँमा टिकटकै लागि शीर्ष नेताहरूसँगको छलफलमा छु ।
तुलसीपुर उपमहानगरको प्रमुखमा यहा“को आकांक्षा किन ?
क) नेविसंघको तुलसीपुर नगरपालिकाको पहिलो अध्यक्ष हुँ । मैले पार्टीको स्थानीय तह समन्वय विभागको केन्द्रीय सचिव पदमा रहेर एक कार्यकाल काम गरिसकेको छु । ख) दोस्रो आधारः मेरो जिन्दगीको लामो अनुभव स्थानीय विकासको क्षेत्रका अनुभव छन् । यो कुरा पार्टीले राम्रोसँग बुझेको छ । ग) मलाई हाम्रो पार्टीको महाधिवेशनमा क्षेत्र नं. ३ को महाधिवेशन प्रतिनिधिमा ८४४ जना मध्ये ४१२ मत दिएर जिताएका थिए । त्यसैले म सबैसँग परिचित व्यक्ति हुँ । त्यस्तै आफू कमैयामुक्त आन्दोलनमा मात्र नभई गरिब तथा विपन्न परिवारहरूको लागि काम गरेको भन्दै दाङका विभिन्न पालिकाहरूमा झुलुङ्गे पुल निर्माण गर्दा पनि नागरिकहरूले चिनेको बताए । त्यस्तै मैले ग्रामीण विकास अन्तर्गत बहुआयामिक गरिबीबाट नै पिएचडी गरेको छु ।
घ) तेस्रो आधारः सविधानले व्यवस्था गरेको स्थानीय तह मात्रै होइन । यो सरकार हो । स्वभावैले सरकार भैसकेपछि विभिन्न योजना बनाउने, बजेटिङ गर्ने, कार्यान्वयन गर्ने साथै यी कार्यको मूल्यांकन गर्ने कार्य गर्नुपर्ने हुन्छ । त्यसको लागि सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हुनु आवश्यक पर्छ । यी कुराको प्रत्यभूत गर्न सक्ने क्षमता म राख्छु । त्यसैले म पार्टीले यो कुरालाई ख्याल गर्छ भन्नेमा म विश्वस्त छु ।
टिकट पाउनेमा कति विश्वस्त हुनुुहुन्छ त ?
म पूर्णरूपमा विश्वस्त छु । मेरो यो विश्वस्तताका केही आधारभूत आधारहरू पनि छन् ।
नगर सुधारको योजना के छ ?
स्थानीय तहले तथ्यांक र अभिलेख व्यवस्थापन गर्नुपर्छ । यसका लागि स्थानीय तहले नगर र गाउँ प्रोफाइल तयार गर्नुपर्छ । यस्ता तथ्याङ्कहरूमा घरधुरी, परिवार र जातजातिको तथ्याङ्क संकलन गर्नुपर्छ । जग्गा जमिनको वर्गीकरण, सार्वजनिक जमिन, वन क्षेत्र, खोला र मैदानको विवरण तयार गर्नुपर्छ । पर्यटन विकासका लागि लागि होमस्टे, साना लज तथा सामुदायिक आवास व्यवस्थापनका लागि सहुलियतपूर्ण ऋणको व्यवस्थापन, स्थानीय पूर्वाधारले नपुगेको ठाउँमा एउटा पर्यटनस्थलको विकास गर्न लगानी भित्र्याउनेजस्ता योजनाहरू छन् ।
१० वर्षमा भोकमरी र कुपोषण अन्त्य गर्ने तथा निरपेक्ष गरिबीलाई ८ प्रतिशत भन्दा कममा पु¥याउने लक्ष्य राखेको छु । आफूले जितेको स्थानीय तहमा ५ वर्षभित्र १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता प्रतिशत शतप्रतिशत पु¥याउने योजनामासँग छ । विकास प्रक्रियामा जलवायु परिवर्तनजन्य समस्यालाई एकिकृत गरी विकासको अंगको रूपमा विकासको मूलधारमा समावेश गर्नु । यी जलवायुजन्य प्रकोपबाट पीडित ब्यक्ति, समूह, बस्ती, आदिलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, अदि आधारभूत आवश्यकताहरूको उचित व्यवस्थापन गरिनेछ । जलवायुजन्य प्रकोपबाट समुदायमा पर्ने असरलाई सम्बोधन गर्न आवश्यक प्रविधि र बजेटको समूचित व्यवस्था गरी समुदायको क्षमता अभिवृद्धि गर्नु ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन गर्नुपर्छ । यसैगरी, बेरोजगारको तथ्यांक संकलन गर्ने खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जासम्बन्धी काम पनि गर्नुपर्छ । यसर्थ, पालिकाले आफ्ना प्रत्येक नागरिकको घरसम्म खानेपानीको पाइप पु¥याई व्यवस्था गरिने छ । भूउपयोग नीतिअनुसार बस्ती विकास र सडक खोल्दा १२ मिटरका सडक खोलिने छ ।
अहिलेको अवस्थालाई हेर्दा हाम्रो उपमहानगरपालिका धेरै अस्तव्यस्तको अवस्थामा दिनहुँजसो नराम्रा समाचार आइराखेका छन् । त्यसको लागि सुरूमै केही आधारभूत नीतिगत काम गर्न पर्ने छ । जसबाट नगरले विकासको आधार तयार गरोस् । त्यसपछि दुरगामी रूपमा प्रभाव हुने १. भौतिक विकास, २. आर्थिक विकास, ३. कृषि क्षेत्रको विकास, ४. वातावरणीय तथा प्राकृतिक प्रकोप व्यवस्थापन तथा नगर सुशासनको क्षेत्रमा काम गर्नुपर्ने हुन्छ ।
१. भौतिक संरचनागत विकास
२. आर्थिक उपार्जन
३. सडक तथा वस्ती व्यवस्थापन
४. कृषि विकास
यी चारवटै कुरा उपमहानगरभित्रको भूउपयोग सम्बन्धी योजनासँग सम्वन्धित छ । त्यसको लागि भूउपयोग नक्सा तयार गरी कार्यन्वयन गरिनेछ । जसमाः
१. बस्ती तथा घरको मापदण्ड नियमन गर्ने, २. बाटाहरूको मापदण्ड निर्माण गर्ने, ३. प्रत्येक वडामा कृषि विकास, विस्तारका लागि ऋयििभअतष्यल ऋभलतभच, बजारीकरणको व्यवस्थापन गर्ने । यसरी बस्ती तथा बाटाहरूको व्यवस्थापन गर्दा मात्रै भोलिको हितमा ग्रामीणस्तरमा सुविधाहरू विस्तार गर्न सहज र सरल हुन्छ ।
तपाईको जित्ने आधार के छन् ?
म त्यस्तो नगर प्रमुखको दावेदार हुँ जसले दलीय स्वार्थबाट माथि उठ्न सक्छ । जसले व्यक्तिगत स्वार्थ राख्दैैन । जसमा जिम्मेवारीबोध गर्ने क्षमता छ । जसले विषयगत समिति गठन गरी सबैलाई ‘अनबोर्ड’ गर्न सक्छ । मेयर भएपछि तुलसीपुरमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासनमा राम्रो काम गरेर देखाउने त्यही नै मेरो जित्ने आधार हुन् । यसका अलावा जनजाति, थारू, दलित र सबै जातजाति र युवाहरूको भोट मलाई प्राप्त हुनेछ ।
प्राय बौद्धिक व्यक्तिहरूलाई प्रत्यक्ष पदभन्दा बाहिर राखिन्छ नि है ?
बौद्धिक व्यक्तिहरू राजनीतिकबाट टाढा रहन चाहन्छन किनकी राजनीतिलाई नै पेसा बनाएर हिड्ने यहाँ एउटा ठूलो वर्ग छ, जसले शिक्षित समुदायलाई कमै वास्ता गर्दछन् । आहिले नेपाली समाज र तुलसीपुर नगरबासीहरूले पढे लेखेको व्यक्तिको हातमा नेतृत्व जावस् भन्ने चाहेको मैले बुझेको छु । किनकि उपमहानगरपालिकाले निर्धारण गर्ने नीतिनियम र कानुनहरूले दीर्घकालिन विकासको आधारको रूपमा हेर्ने भएकाले पढे लेखेका व्यक्तिहरू राजनीतिमा आउन आवश्यक छ, जसबाट यी सबै कुरा हुन् सम्भव छ ।
काँग्रेस कार्यकर्तामा विचलन देखिन्छ किन ?
मलाई त्यस्तो लाग्दैन । नेपाली काँग्रेस कार्यकर्तामा अनुशासित छन् । यो हाल भैरहेको गठबन्धनका कारणले केही नैराश्यता छ तर यसलाई केन्द्रीय पार्टीको स्पष्ट निर्देशन आउला । तर समयानुकूल नेतृत्व लिन सक्ने व्यक्ति चयन गर्नुपर्दछ ।
तपाई नै नेतृत्वमा किन आउनुपर्ने ?
स्थानीय सरकार बुझेको, जनताको अपेक्षाअनुसार काम गर्न सक्ने र पाँच वर्षको योजना निर्माण गरी काम गर्ने व्यक्ति चाहिएको छ । जसको भिजन होस्, अन्य पालिकासँग सहकार्य गरोस् । करको दर होइन, दायरा बढाओस् । रोजगारीको योजना ल्याओस्, गरिबी घटाओस् । जनतालाई अनावश्यक आश्वासन नदेओस् । त्यागी र स्वच्छ छविको व्यक्ति होस् । ऊसँग कम्तिमा सामान्य प्राविधिक ज्ञान होस् । भ्रष्टाचार र बेरूजुविरूद्ध काम गर्न सकोस् ।
उत्तरदायित्व र जवाफदेहिता बहन गरोस् । व्यक्तिगत र दलगत स्वार्थ नराखोस् । निर्वाचनमा लगानी गरेर चुनावमा उठेपछि असुली गर्ने नहोस् । जनताको कुरा सुन्ने र कर्मचारीसँग मिलेर काम गर्ने व्यक्ति होस् । यी गुणहरू मसँग छन् । उपरोक्त कार्यहरू गर्न म नगरको नेतृत्वमा आउनु जरूरी छ । मसँग समूहमा बसेर सबै जनप्रतिनिधिहरूसँग मिलेर काम गर्ने क्षमता छ ।