Tuesday, April 16, 2024
Homebreaking-newsचखौरा चिनारी, जनजाति चिनाउन खाना महोत्सव

चखौरा चिनारी, जनजाति चिनाउन खाना महोत्सव

- Advertisement -spot_img

दाङ, ४ बैशाख ।
जिल्लामा रहेका आदिवासी जनजातिहरूलाई चिनाउन दाङको चखौरामा खाना महोत्सव गरिएको छ । थारू, मगर, नेवार, गुरूङ, कुमाल, कुसुन्डाको परम्पारगत खाना र संस्कृतिको चिनारी दिन र परिकारहरूको बजारीकरणको लागि दाङमा महोत्सव लगाइएको हो ।

चैत्र २९ देखि सुरू भएको महोत्सव बैशाख ३ गते सकिएको छ । महोत्सवमा २० जना आन्तरिक पर्यटकले अवलोकन गरेर खाना महोत्सवमा सहभागी भएको आयोजना संस्था चखौरा होमस्टेले जनाएको छ । जनजातिको भान्सामा पाक्ने टिपिकल खानाहरूको परिकार महोत्सवमा राख्ने समुदाय र परिकारको चिनारी बढाउँदै बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको चखौरा होमस्टेका प्रमुख व्यवस्थापक आशाराम चौधरीले बताए ।

महोत्सवको मुख्यध्येय जनजातिको परिकार चिनारी, कला संस्कृति र खानपान बजारिकरण तथा पर्यटक प्रवद्र्धन गर्ने रहेको र पाँच दिनसम्म यो गरिएको बताए । समुदायस्तरमा पर्यटकीय पहुँच बढाउन र सामुदायिक होमस्टे सञ्चालन गरेर आयआर्जनको समेत विकास गराउने गरी खाना महोत्सवको सुरूवात गरिएको उनले बताए ।

खानाका विभिन्न परिकार, हस्तकाला, परम्परा र संस्कृतिअनुसार निर्माण गरिएका सामग्री, कला संस्कृति प्रदर्शनी महोत्सवमा गरिएको आयोजजक समिति संयोजक शान्ता चौधरीले बताइन् । सेभ द कल्चर सेल द कल्चर भन्ने नारा लिएर आदिवासी जनजातिहरूको खानपानलाई पर्टकटीय थलो बनाउनु पर्ने चौधरीको भनाइ छ ।

थारू सांस्कृतिक संग्रहालय स्थल चखौरामा गरिएको महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र स्थानीय उतपादन र खानपानको बजारिकरणमा सहरीकरण गर्ने विश्वास लिइएको छ । महोत्सवको समापन कार्यक्रम चखौरा होमस्टेका अध्यक्ष शान्ता चौधरीको अध्यक्षतामा तथा नेपाल मगर संघका सल्लाहकार टोपबहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here