प्रदेश टुडे
तुलसीपुर,२ बैशाख । सिजिवन बैकको १५ औ वार्षिकोत्सवको अवसरमा तुलसीपुर शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैकको सामाजिक उत्तरदायित्व अन्तरगतको सेवा अनुसार वर्षिकोतसवको अवसर पारेर शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको शाखा प्रबन्धक घनश्याम भण्डारीले जनाए ।
उनले शाखाका कर्मचारीप् र शुभचिन्तकहरुले कार्यक्रममा सहभागि भएर रक्तदान गरेको बताए । रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगले भएको कार्यक्रममा १६ जनाले रगतदान गरेका थिए । मानवीय सेवा सर्वाेपरि भएको हुदा मानवता सिर्जना गर्न रक्रदान गरिएको भण्डारीको भनाई छ । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दाङका जिल्ला सदस्य भीमलाल मरासिनीको उपस्थितिमा भएको थियो । बैकको वार्षिकोत्सव बैशाख ७ गते रहेको छ ।