प्रदेश टुडे
दाङ, १ बैशाख । लुम्बिनी प्रदेश सरकार अन्तरगतको राप्ती प्रादेशिक अस्पताल कोरोना बिशेष अस्पताल तुलसीपुरका व्यबस्थापक दोर्ण बहादुर ओलीलाई नेपाल सरकारले पदक प्रदान गरेको छ ।
प्रदेशमै कोरोना व्यवस्थापन र कोरोना न्यूनीकरणको अभियान कार्यक्रममा अब्बल देखिएका ओली नयाँ वर्षको दिन राष्ट्रपतिबाट ‘जनसेवाश्री पन्चम श्रेणी’ पदकबाट विभूषित भएका छन । सरकारको तर्फबाट कोरोनामा हिरो बनेका ओलीलाई जनसेवाश्री पन्चम श्रेणी पदकबाट सुशोभित गरिएको हो ।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ब्यबस्थापक ओलीलाई उक्त पदकबाट विभूषित गरेकी हुन । असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा गरिएपनि वितरण भने नयाँ वर्ष बैशाख १ गते गरिएको छ । ओली सहित दाङका ४ जनालाई पदक प्रदान गरिएको हो ।