Saturday, July 20, 2024
Homeफिचररुण्टीगढीको परिचय ‘कुहिरोको घुम्टो ओढी’

रुण्टीगढीको परिचय ‘कुहिरोको घुम्टो ओढी’

- Advertisement -spot_img

जीतसागर जी.एम.
रोल्पा, २६ चैत ।
‘कुहिरोको घुम्टो ओढी
बसिन् रुण्टीगढी’
परी हो कि डाँफे मयुर
पर्वतकी छोरी
कुहिरोको घुम्टो ओढी…।
जिल्ला रोल्पा सुन्दर ठाउँ
घुम्न रुण्टीगढी जाउँ ।

यस्तै–यस्तै सुन्दर शब्द समेटेर रोल्पाको रुण्टीगढी गाउँपालिकाको म्युजिक भिडियो निर्माण गरिएको छ । रुण्टीगढी गाउँपालिकाकै परिचय झल्कने गरी गाउँपालिकाभित्रका ऐतिहासिक ठाउँ, पाखा पखेरा, सुन्दर गाउँ र कला संस्कृतिलाई समेटेर गीत निर्माण गरिएको छ । समग्र गाउँपालिकाकै भौगोलिक बनावट र ऐतिहासिक पर्यटकीय स्थललाई समेटिएको गीत ‘कुहिरोको घुम्टो ओढी’ को म्युजिक भिडियो बनाएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताए ।

‘तत्कालीन दशवर्षे जनयुद्धको चपेटामा परेको रोल्पोको होलेरी पनि रुण्टीगढीभित्र पर्छ, भविष्यमा रुण्टीगढीलाई विश्वले चिनोस्, भनेर नै गाउँपालिकाले गाउँपालिकाभित्रका पाखा–पखेरादेखि ऐतिहासिक धार्मिक स्थललाई समेटेर भिडियो अर्थात् डकुमेन्ट्री बनाएको छ’ उनले भने ‘विकास भनेको सडक, बिजुलीको विकासमात्रै होइन्, मानवीय चेतनाको विकास पनि प्रमुख हो, यसका लागि समग्ररुपमा गाउँपालिकाको परिचय दिनका लागि गीत र म्युजिक भिडियो निर्माण गरेका हौँ ।’

गीतमा गाउँपालिकाभित्रका पर्यटकीय स्थल, भेषभूषा, संस्कृतिको छायांकन गरिएको छ । म्युजिक भिडियोमा स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुण्टीगढीदेखि शिव–पार्वती गुफालाई समेटिएको छ । त्यस अवसरमा अध्यक्ष बुढाले रुण्टीगढी गाउँपालिकाकै चिनारीका लागि गीतको अडियो भिडियो निर्माण गरिएको बताए । ‘रुण्टीगढीमा पर्यटन प्रवद्र्धन गर्नका लागि चिनारी स्वरुप ‘कुहिरोको घुम्टो ओढी’ निर्माण गरेका छौँ’ उनले भने ‘आशा छ, यो म्युजिक भिडियोले गाउँपालिकाको परिचय झल्कने छ ।’

गीतमार्फत पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै उनले गीतले गाउँपालिकाको चिनारी झल्किएको बताए । गाउँपालिकाले गीतलाई सोमबार एक कार्यक्रमका बीचमा विमोचन गरेपनि युट्युबमा शुक्रबार साँझमात्रै सार्वजनिक गरिएको छ । यसअघि सोमबार गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले म्युजिक भिडियोको विमोचन गरेका थिए । उनले भौतिक विकाससँगै मानवीय चेतनाको विकास पनि आवश्यक रहेको उल्लेख्य गर्दै गाउँपालिकाले निर्माण गरेको गीतले दीर्घकालिन रुपमा समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए  ।

गाउँपालिकाका पर्यटन फोकलपर्सन धु्रबप्रकाश मल्लको शब्द सिर्जना तथा बिबि अनुरागीको संगीतमा गीत निर्माण गरिएको हो । गाउँपालिकाले करिब पाँच लाखको लागतमा म्युजिक भिडियो निर्माण गरेको हो । गाउँपालिकाले गुणस्तरिय भिडियो बनाउनका लागि करिब पाँच लाख खर्चेको गीतका सर्जक एवं गाउँपालिकाका पर्यटन फोकलपर्सन धु्रव प्रकाश मल्लले बताए ।

‘सम्पूर्ण प्रक्रिया पूरा गरेर हामीले भिडियो निर्माण गरेका हौँ’ उनले भने ‘भिडियो निर्माणमा गरिएको लगानीबारे केही शंका गर्नुपर्ने विषय होइन् ।’ ठूलो लगानीमा गाउँपालिकाले गीतको म्युजिक भिडियो बनाउन लागेको भन्दै यसअघि आलोचना पनि भएकोमा फोकलपर्सन मल्लले राम्रो बनाउँदा लगानी स्वभाविक ढंगले बढी लाग्ने बताए । ‘गाउँपालिकाको चिनारी हुने गरी समग्र क्षेत्रलाई भिडियोमा समेटेका छौ’ उनले भने– ‘गुणस्तरयुक्त प्रविधिको प्रयोग गर्दा लगानी बढी लागेको छ ।’

गीतलाई शुक्रबार युट्युवमासमेत राखिएको गाउँपालिकाका पर्यटन फोकलपर्सन मल्लले बताए । गीतमा प्रविण वेडवाल र रचना रिमालको स्वर रहेको छ । फोकलपर्सन मल्लले शब्द लेखन गरेको उक्त गीतमा ध्रुब प्रकाश मल्ल, आरुसी मगर, लक्ष्मी थापालगायतले अभिनय गरेका छन् । गाउँपालिका अध्यक्ष बुढाको अध्यक्षतामा भएको गीत विमोचन कार्यक्रमको सहजीकरण गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सानुबावु खड्काले गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here