Wednesday, September 11, 2024
Homebreaking-newsतुलसीपुर २ ‘बालश्रममुक्त’

तुलसीपुर २ ‘बालश्रममुक्त’

- Advertisement -spot_img

तुलसीपुर, २५ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ लाई बालश्रममुक्त घोषणा गरिएको छ । वडा नम्बर २ लाई बिहीबार औपचारिक कार्यक्रम गरी बालश्रममुक्त वडा घोषणा गरिएको हो  । वडा नम्बर २ बालश्रममुक्त वडा घोषणामा नगरको दोस्रो वडा बनेको छ ।

वडा अध्यक्ष राजु आचार्यको अध्यक्षता एवं लुम्बिनी प्रदेशका सांसद शंकर गिरीको प्रमुख आतिथ्यता एवं नगरप्रमुख घनश्याम पाण्डे र प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा गिरीले सबैको सहयोग बालश्रममुक्त अभियानले सार्थकता पाउने बताए । ‘बालश्रममुक्त वडा घोषणा गरेपनि बालश्रममुक्त हुनका लागि सबै समुदायको सहयोग आवश्यक हुन्छ’ उनले भने– ‘सरकार एक्लैको प्रयासले बालश्रमको अन्त्य हुँदैन् ।’

नगरप्रमुख घनश्याम पाण्डेले बालश्रममुक्त र बालमैत्री नगरका लागि नीति बनाएर अघि बढेको बताए । ‘तुलसीपुरलाई बालमैत्री नगर बनाउनका लागि नीति नै बनाएर अघि बढेका छौँ’ उनले भने–‘बालश्रमको अन्त्य पनि बालमैत्रीका लागि आवश्यक सूचक हो, यसमा आमनागरिकको साथ र सहयोगकको आवश्यक छ ।’

तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले मानव विकासमा वडाले एक खुट्किलो पार गरेको बताए । ‘विकास भनेको भौतिक विकासमात्रै होइन्, मानव विकास झन् भौतिक विकासभन्दा ठूलो हो’ उनले भने–‘बालअधिकारलाई पूर्णरूपमा सुरक्षित गर्नसके भोलिको सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ ।’

नगर बालअधिकार समिति संयोजक नवराज लामिछानेले बालविवाहको अन्त्य गर्नसके बालश्रम सधैँका लागि अन्त्य हुने बताए । ‘बालविवाहको कारक बालश्रम हो’ उनले भने–‘बालविवाहलाई रोक्न सकेमा बालश्रमको अन्त्य गर्न धेरै सहज हुन्छ ।’ नगर उपप्रमुख माया आचार्य, नेपाल रेडक्रस सोसाईटी दाङका ढुण्डीराज न्यौपानेले भोलिको सुन्दर भविष्यका लागि बालबालिकाको असल शिक्षामा जोड दिए । कार्यक्रमको सहजीकरण सुमन वलीले गरेका हुन् ।

यसअघि वडा नम्बर ६ ले दुई वर्षअघि बालश्रममुक्त वडा घोषणा गरिसकिएको थियो । नगरलाई बालश्रममुक्त घोषणाका लागि वडा नम्बर १, १७ र १८ मा प्रक्रिया अघि बढिसकेकोे नगरका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here