- Advertisement -spot_img
Saturday, May 14, 2022
Homeखेलकुदप्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

- Advertisement -spot_img

दाङ, २२ चैत ।
दाङको तुलसीपुरमा जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशी भएको लुम्बिनी प्रदेशस्तरीय पुरूष भलिबल प्रतियोगिता २०७९ हुने भएको छ । नेपाल विद्यार्थी संघ सिटिईभिटी लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर–६ को समन्वय सञ्चालन गरिन लागेको प्रतियोगिता आउँदो बैशाख ६ गतेदेखि सुरू हुुनेछ ।

स्थानीयस्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने उद्देश्यका साथ राष्ट्रियता, लोकतन्त्र, समाजवाद, विद्यार्थी एकता भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला र साविक राप्ती अञ्चलबाट लुम्बिनी प्रदेशमा छुटेका दुई जिल्ला सल्यान र पश्चिम रूकुम गरी १४ टिमको सहभागिता रहने नेपाल विद्यार्थी संघ सिटिईभिटी लुम्बिनी प्रदेश समन्वय समितिका अध्यक्ष सूर्य नारायण बटालाले जानकारी दिए ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुस्ताएको स्थानीयस्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षासम्बन्धी मापदण्ड अपनाउँदै तुलसीपुर–६ मा रहेको राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको छ । प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद २ लाख २२ हजार २ सय २२ रूपैयाँ, १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ तथा कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष बटालाले जानकारी दिए ।

यसैबीच आयोजक नेपाल विद्यार्थी संघ सिटिईभिटी लुम्बिनी प्रदेश समन्वय समितिले यतिबेला प्रतियोगिताको तयारीलाई तिब्र पारेको छ । आयोजकले टिम दर्ता, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, खेल मैदान निर्माणलगायतका पक्षमा तिब्रता दिएको प्रतियोगिता सञ्चालनमा समन्वयकारी भूमिकाको जिम्मा पाएको राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका सञ्चालक कमल खत्रीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here