Thursday, April 18, 2024
Homeखेलकुददाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सलाई

दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सलाई

- Advertisement -spot_img

दाङ, १८चैत ।
दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही–१७ गुलरिया रंगशालामा बिहीबार भएको फाइनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको हो ।

घोराहीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको देउखुरीले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २७ रन मात्रै बनायो । जितको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको देउखुरीले पहिलो पावर प्लेमा विकेट बचाउँदै राम्रो सुरूवात गरेपनि अन्तिम ओभरमा खेल्न नसक्दा हार व्यहोरेको हो ।

देउखुरी वारियर्सका प्रज्वल थापाले ५१, आशिष ओलीले ६, विशाल विक्रम केसीले २०, प्रतिष जिसीले ४, सन्देश पाण्डेले ५, मार्की खेलाडी नारायण जोशीले २१, अमित तामाङले ५, व्रिशभ सेन्चुरीले १, विषम थापाले ८ र करण घर्तीले १ रन बनाउँदै १ सय २७ रन बनाए ।

यस्तै, बलिङतर्फ घोराहीका रासिद खानले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । सिद्धान्त राज शाहीले पनि ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । यस्तै, अनुप न्यौपानेले ४ ओभरमा उत्कृष्ट बलिङ गर्दै केवल १५ रन दिँदै ४ विकेट दिए । रविन थापा, आवाज गौतम र रविन्द्र जंग शाही भने विकेटविहीन भए ।

टस जितेर पहिले ब्याटिङ गरेको घोराहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । पहिलो पावर प्लेमा राम्रो सुरूवात गरेको घोराही टाइगर्सले मध्यक्रमका व्याट्सम्यान क्रिजमा टिक्न नसक्दा लगातार विकेट गुमाउँदै देउखुरी वारियर्सलाई मध्यम लक्ष्य दिएको थियो ।

घोराहीका लागि विराट भण्डारीले ३२, रविन्द्र जंग शाहीले ९, सुशान्तसिंह थापाले १३, शिशिर डिसीले ६, सिद्धान्त राज शाहीले २, रविन थापाले १०, रासिद खानले ८, युवराज सुवेदीले १३, तुलबहादुर थापाले २० र अनुप न्यौपानेले ७ रनको योगदान दिँदै १ सय ३३ रन बताए ।

बलिङतर्फ देउखुरी वारियर्सका अमित तामाङले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिदा नारायण जोशीले पनि ४ ओभरमा २५ रन दिएर समान ३ विकेट लिए । यस्तै, विशाल विक्रम केसीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिँदा आशिष वलीले पनि ४ ओभरमा २ विकेट लिँदै २१ रन खर्चिए ।

चैत १२ गतेबाट सुरू भएको लिगमा पाँचवटा फ्रेन्चाईज क्लवले अक्सनमार्फत खेलाडी किनबेच गरी लिगमा भाग लिएका थिए । उपाधि विजेता टिमले नगद २ लाखसहित ट्रफी जितेको छ भने उपविजेता टिमले १ लाखसहित ट्रफी प्राप्त गरेको छ ।

उपाधि विजेता तथा उपविजेता टिमलाई नेपाल क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्ल, लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव संजय गुरूङ, जिल्ला खेलकुद विकास समितिका प्रमुख पद्मा चौधरी, दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैँया, घोराही उपमहानगर–पालिकाका प्रवक्ता भरत अर्याललगायतले संयुक्त रूपमा ट्रफी हस्तान्तरण गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here