फागुन २५ बुधबार
फाल्गुण शुक्लपक्ष सप्तमी तिथि
कृतिका नक्षत्र
नेपालमा सूर्योदय ६ः२२ सूर्यास्त ६ः८
मेष (चु.चे.चो.ला.लि.लु.ले,लो.अ.)
विगतको कार्यसफलताले मनमा उत्साह जगाउने छ । थोरै मेहनतले धेरै कार्य सफल रहनेछन् । व्यवसाय गरेकाहरूलाई लाभ रहने देखिन्छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.)
प्रयत्न गरेमा कार्य सफलता रहनेछ । नविन कार्यको शुरूवात रहनेछ । मान प्रतिष्ठामा बृद्धि रहनेछ । नोकरी, व्यवसायमा सफलता रहनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
खर्च बढी हुनेछ तर पछि फाइदा हुने कार्यमा लगानी हुनेछ । समस्यालाई मध्यनजर गर्दै अगाडि बढ्नु । धैर्यताका साथ अगाडि बढेमा सफलता छ ।
कर्कट (हि.हु.हे.हो.ठा.डि.डु.डे.डो.)
सोचेअनुसार काममा सफलता हुनेछैन । परिश्रम–अनुसार कम प्रतिफल रहनेछ । क्षणिक कार्यबाट सफलता छ । आम्दानी भएपनि खर्चमा बृद्धि छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे.)
अवसरहरू थुपै्र आउनेछन् । नयाँ काममा लाग्नुभन्दा पहिले सोच विचार गरी अगाडि बढ्नुहोला । मेहनतबाट रामै्र सफलता रहनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो.)
कर्मशील समय रहेको छ । सहयोगीहरूबाट राम्रो सफलता रहनेछ । नाम, दाम र इनाम कमाउने बेला छ । सानो प्रयासबाट धेरैलाई फाइदा हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते.)
कार्यमा केही समस्या रहेता पनि प्रयासबाट समस्या समाधान रहने । सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त रहनेछ । नसोचेको आर्थिक लाभ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.ये.)
विभिन्न साथ र सहयोग मिल्नेछ । आयआर्जन सफलता छ । कार्यमा साथ र सहयोग गर्नेहरू प्रशस्त भेटिने । प्रेम तथा दाम्पत्य जीवनमा सफलता छ ।
धनु (य.यो.भा.भी.भू.ध.फा.ढ.भे.)
व्यवसायमा सोचेअनुसार सफलता हुने देखिदैन । नराम्रो सोच्नेहरू प्रशस्त रहनेछन् । सहयोग गर्नेहरूबाट धोका । सोचेको कार्यमा केही ढिलाइ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.गा.गी.)
नयाँ समाचार सुन्न पाइनेछ । नयाँ सीप सिक्ने बेला भएको छ । व्यापार, व्यवसायमा सफलता रहनेछ । प्रेमीप्रेमिका तथा दाम्पत्य जीवन सुखद छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
विगतको गल्तीलाई सधार गर्ने समय रहेको छ । नविन कार्यको शुरूवात गर्ने समय रहेको छ । तपाईको काममा रामै्र साथ र सहयोग रहनेछ ।
मीन (दि.दु.थ.झ.ञ.दे.दो.च.ची.)
समयअनुसार कार्य व्यवस्थापन गर्न नसक्दा समस्या रहनेछ । सहयोग गर्नेहरूबाट विश्वासघात रहने छ । सञ्चित रकम खर्च गर्ने बेला भएको छ ।
वास्तु ज्ञान
चैत, असार, भदौ, असोज र पुस महिनामा घर बनाउनु राम्रो हुँदैन ।
गृह निर्माणमा सूर्यको बल महत्वपूर्ण मानिन्छ । यी महिनामा सूर्यको बल कम मात्रामा हुन्छ । यी समयमा बनाइएका घरको आयुमा कमी हुन्छ । त्यसैले चैत, असार, भदौ, असोज र पुस महिनामा घर बनाउनु राम्रो हु“दैन । घर बनाउ“दा वास्तु हेराएर बनाउनु उपयुक्त हुन्छ ।