Friday, April 18, 2025
Homeमनोरञ्जनप्रदर्शनीमा नियमित पूजापाठ

प्रदर्शनीमा नियमित पूजापाठ

- Advertisement -spot_img

दाङ, २३ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा नियमित पूजापाठ गरिने भएको छ । धार्मिक उपसमितिले दैनिक रूपमा पूजापाठ गर्ने निर्णय गरेको छ । प्रदर्शनी अवधिभर अखण्ड दिप प्रज्वलन गरिने भएको मूलआयोजक समितिका सहसंयोजक नरेश कार्कीले जानकारी दिए ।

त्यसैगरेर चैत ५ गते २१ बटुकद्वारा लघु रूद्री पाठ गरिने भएको छ । लघु रूद्रीको जिम्मा प्रकाश भट्टराई, भजन कीर्तनको जिम्मा घनश्याम केसी, दैनिक योगका लागि पतञ्जली योग समिति, दैनिक पूजापाठका लागि टोपेन्द्र पौडेललाई जिम्मा दिएको धार्मिक उपसमितिका संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिए ।

प्रदशनीको समयमा हेलिकप्टरमार्फत लुम्बिनी प्रदेशका विभिन्न जिल्ला तथा कर्णाली प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने व्यवस्था मिलाइएको मूलआयोजक समितिका सयोजक टंकसिंह बुढाथोकीले जानकारी दिए । हेलिकप्टरमार्फत नागरिकको इच्छाअनुसार पर्यटकीय तथा धार्मिक स्थलसम्म पुग्ने भएको उनले बताए ।

यसैगरी भोजन तथा आवास व्यवस्थापन उपसमिति विस्तार गरिएको छ । उपसमितिका संयोजक विष्णुप्रसाद रिजालको अध्यक्षता तथा मूलआयोजक समितिका सहसंयोजक नरेश कार्कीको प्रमुख आतिथ्यतामा भएको बैठकले समिति विस्तार गरेको हो । समितिको सदस्यमा दिपेन्द्रकुमार पुन मगर, ईश्वर बुढामगर, मोहन केसी, टिकाराम भुसाल, श्यामकुमार विक, खर्कसिंह पुन, भरत पछाइ, मानबहादुर घर्ती, शंकर अधिकारी, नवराज मैनाली रहेका छन् ।

त्यस्तै खानेपानी तथा सरसफाई उपसमिति विस्तार गरिएको छ । उपसमितिका संयोजक मित्रदेव अधिकारीको अध्यक्षता तथा मूलआयोजक समितिका सहसंयोजक रामप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले समिति विस्तार गरेको हो । समितिको सदस्यहरूमा रूद्रबहादुर डाँगी, भक्तबहादुर केसी, विष्णु जिसी, विष्णु पोख्रेल, दुर्गाप्रसाद घिमिरे, सुमन शर्मा र विशाल गिरी रहेका छन् ।

संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ देखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं. १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको लागि प्रचार प्रसार, चिठी पत्र पठाउने, भेटघाट, छलफल तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्यसमेत तिव्रता दिएको प्रदर्शनी मूलआयोजक समितिका सहसंयोजक तथा संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।
प्रदर्शनीलाई मर्यादित तथा व्यवस्थित बनाउन सबै उपसमितिले काम अगाडि बढाएको उनको भनाइ छ । अहिले सबै उपसमितिहरूले आफ्नो कामलाई तिव्रता दिएका छन् । अहिले सबै उपसमितिहरूले आफ्नो जिम्मेवारी अनुसार कामलाइ तिव्रता दिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here