Sunday, December 15, 2024
Homeसमाजघोराहीलाई बालमैत्री घोषणा गरिदै

घोराहीलाई बालमैत्री घोषणा गरिदै

- Advertisement -spot_img
प्रदेश टुडे

घोराही, २० फागुन । घोराही उपमहानगरपालिकालाई फागुन मसान्तसम्ममा बालमैत्री पालिका घोषणा गर्ने अभियान स्वरूप अहिले अभिमुखीकरण, सचेतना, अन्तरक्रिया तथा अनुुगमन कार्य तीव्र पारिएको छ ।
बालमैत्री घोषणा गर्नुपूर्व अपनाउनुपर्ने विधि, प्रक्रिया तथा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ ले तय गरेका सबै सूचक पूरा भए÷नभएको बारेमा विभिन्न वडा पुुगी त्यहाँ रहेको सामुदायिक तथा संस्थागत विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमार्फत बालमैत्री पालिका घोषणाका लागि हासम्म भएका कार्यप्रगतिको तयारी स्वरूप विभिन्न स्थलगत अनुगमन गरिएको छ ।

घोराही उपमहानगरपालिकाकी उपप्रमुख, जिल्ला समन्वय समिति प्रमुख, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक, शिक्षा, स्वास्थ्य तथा अन्य शाखाका प्रमुख, पत्रकार लगायतको टोलीले विभिन्न क्षेत्रमा पुगेर अनुगमन गरेको छ । अनुुगमन टोलीले घोराही–१४ स्थित गोरखा मावि, गोग्लीमा रहेको स्वास्थ्य चौकी, माध्यमिक विद्यालय डाँडागाउँ गोग्ली, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र रामपुर, घोराही–१० को वडा कार्यालय, नारायणपुर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलगायतको स्थानमा पुुगेर बालमैत्री घोषणाका लागि गरेका तयारी र प्रयासका बारेमा जानकारी लिइएको थियो ।

ती विद्यालय, संस्था र कार्यालयले शिक्षालयलाई पूर्ण पारिवारिक र यातनारहित बनाउन निर्णय गरिसकेकाले यसको व्यहारिक कार्यान्वयनमा रहेको बताए । यसैगरी मातृशिशुुको स्वास्थ्यको अवस्था बारेमा बालबालिकाहरूले खोप पाएको वा नपाएको, आमाहरूले खोप लगाएको वा नलगाएको, आयोडिनयुक्त नुनको प्रयोग भएको वा नभएको भन्ने बारेमा जानकारी लिएको थियो ।
जसमा स्वास्थ्य संस्थाहरूले पनि गर्भवती भएका बेला लगाउनुपर्ने खोप र सुत्केरीपछि लगाउनुपर्ने खोपको पूर्णता सुनिश्चित भएको, बालपोषणको अवस्था पनि राम्रो रहेकोलगायत सुधारका राम्रा प्रयास भएको पाइएको अनुगमन टोलीले निष्कर्ष निकालेको छ । सुधार गर्नुपर्ने विषयमा पनि सो टोलीले सुझाव दिएको छ ।
विद्यालयको भौतिक संरचना बालमैत्री रहे नरहेको, विद्यालयमा शौचालयको अवस्था, विद्यालयमा पानीको व्यवस्था, यातना रहे नरहेको भन्ने बारेमा जानकारी लिएको थियो । अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, उपप्रमुख सिता सिग्देल न्यौपाने, जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजाल, बालअधिकारकर्मी विकिरण गौतम, स्वास्थ्य शाखाकी विमला पौडेल, शिक्षा शाखाका प्रतिनिधि, पत्रकारलगायतले विभिन्न सुझाबहरू दिनुभएको थियो ।
घोराही उपमहानगर–पालिकालाई यहि फागुन मसान्तभित्र बालमैत्री घोषणा गर्नका लागि अभियान सञ्चालन गरिरहेको छ । वडा घोषणाका लागि नगरपालिकाले अनुगमन गर्नुपर्ने व्यवस्थाअनुसार अनुगमन तीव्र पारिएको छ । जसमा सुधार गर्नुपर्ने विषय सुझावका रूपमा दिँदै सूचक पूरा गर्न ताकेता गरिएको घोराही उपमहानगरपालिका महिला विकास शाखाकी प्रमुख मोती विश्वकर्माले जानकारी दिए । घोराहीले २०७४ को माघमा नगर कार्यपालिकाबाट पारित गर्दै घोराहीलाईं बालमैत्री पालिका घोषणा अभियान सञ्चालन गरेको हो ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here