हरेक पाइला–पाइलामा सफलता खोज्नुपर्छ । एक पाइलाको यात्रा अर्काै पाइलासम्मको दुरीले समेत आ“कलन गर्न सक्दैन । तर पनि सबैले पहिलो पाइलाबाट नै गन्तब्य सुरू गर्दछन् । कति गन्तब्यसम्ममा पुग्दछन् कति बीचमै रोकिन्छन् र कति सुरूवातीभन्दा अघि बढ्न सक्दैनन् । प्रदेश टुडे दैनिक यस्तै एउटा यात्रा हो । जसले आफ्नो यात्रालाई पा“चौ वर्षसम्म पु¥याइ सकेको छ । लामो यात्राका लागि सुरू भएका पाइलाहरू सफतापूर्वक र उत्साहजनक तरिकाले बढिरहेका छन् । यात्रामा उतार–चढाप, बाधा–अवरोध आइरहने पक्ष हुन् । यिनको सहज समाधान र व्यवस्थापन गर्दै यात्रा गर्न सक्ने मात्रै यात्रामा सफल हुन्छन् । गतिलाई अवरोध हुने अवस्था विभिन्न परिस्थितिले सिर्जना गर्दछन् । त्यसलाई छिचोलेर अघि बढ्ने प्रयास हाम्रो जारी छ । सबै अवस्थामा आर्थिक, सामाजिक, राजनीतिक र व्यवस्थापकीय समस्या मुख्य कारक हुन् । निरन्तरता सबैभन्दा ठूलो आधार हो । कठिन र असहज अवस्थाको निरन्तरताले फरक महत्व राख्छ ।
पछिल्ला केही वर्षदेखि देखिएको कोरोना प्रभावले सबै क्षेत्रलाई थिलोथिलो बनाएको छ । जुरमुराउ“दै गर्दा पुनः सिथिल हुनुपर्ने परिस्थति सिर्जना बनिरहन्छ । त्यो विगत तीन वर्षदेखि प्रदेश टुडेले पनि भोग्दै आएको छ । कठिन परिस्थितिको सपना गरेर बजारमा देखि राख्न सानो चुनौती पनि हैन । स्थानीयस्तरमा सीमित स्रोत साधनले सञ्चालन भएका सञ्चार संस्थाहरू यो अवस्थामा निरन्तरता दिनु चुनौतीपूर्ण नै थियो । तर पनि असहजतापछिको सहजता खोज्दै प्रदेश टुडेले महामारी मात्रै हैन आम अवरोधहरूलाई क्रमशः पन्छाउ“दै यात्रालाई पा“चौ वर्षमा प्रवेश गराएको छ । पा“चौ वर्षको यात्रास“गै हाम्रो लागि यो महत्वपूर्ण र गौरवमय दिन हो । खुसीका पलहरूलाई गौरवका साथ पस्कन पाउनु ठूलो सफलता ठानेका छौं । टिमको लगनशीलता, कुशल कार्यसम्पादन, आमपाठक तथा विज्ञापनदाताको विश्वासले वर्षेनी थपेको उत्साहले पाइलाहरू अग्रगतिमा बढाउन सकिने विश्वास चुलिदै छ । गौरवका नया“ योजना र कृतिहरू रचिदै जान्छन् । ती पाइलै पिच्छे रोचक गम्भीर सोचनीय पनि हुन्छन् । हरेक पाइला महत्वपूर्ण, गौरवमय बनाउन विभिन्न पक्ष तत्व र सोचको अहम् भूमिका रहन्छ । त्यसलाई अंगाल्नसकेमा हरेक परिस्थिति सहजरूपमा सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने हाम्रो ध्येय हो । पत्रकारितामा धर्म, मर्म, इथिक्सलाई आत्मसात गर्नुपर्छ । पत्रकारितालाई विकास र समृद्धिस“ग जोड्ने लक्ष्य बोकेर जन्मिएका हामी निरन्तर लक्ष्यमा छौं ।
प्रदेश टुडे दैनिकले आजदेखि पा“चौ पाइला आरम्भ गरेको छ । यो अवस्थासम्म ल्याएर हामीलाई गौरवान्वित गराउने अभियानमा सहभागी सबैप्रति नमन गर्छौ, आभारी छौ, निरन्तरताको अपेक्षा पनि गर्दछौ । पत्रकारिताको धर्म, मर्म र इथिक्समा रहेर समृद्धिको खोजीमा उदाएको एउटा पालुवाले गौरवमय चौथोे वर्ष पार गर्नु सामान्य हैन, छैन र थिएन । त्यो यात्रा हामीले निरन्तर त्यो पनि परिस्कृत गर्दै बढाएका छौ । यसको श्रेय तपाईहरू नै हो । हामीले स्थान मात्रै बनाइ दिएका छौं । यो खुसी बा“ड्न पाउ“दा हर्षित् र उत्साहित छौं । यो गौरब, उत्साहमा साथ दिनु हुने, सहयोग गर्नुहुने प्रति नमन छ । यो उत्साहले हाम्रो पाइला अनवरत र अविरामसम्म लैजाने छ । हाम्रो उद्देश्य, लक्ष्य यतावत छ । त्यो प्रणलाई हामीले भुलेका छैनौं । प्रजातन्त्रदेखि गणतन्त्र हु“दै संघीय संरचना संस्थागत गर्न हाम्रा कलम निरन्तर रहनेछन् । राज्य संरचनाको संस्थागत परिवर्तनबाट प्राप्त ऐतिहासिक र अलौकिक उपलब्धिहरूको रक्षार्थ र समृद्धिका लागि हाम्रा कलम चलिरहने छन् । स्थानीय विषयवस्तुको प्राथमिकीरकण यथावत राखेका छांै । छापा माध्यममा मात्रै हैन हामी डिजिटल माध्यममा पनि निरन्तरता छ । यहा“सम्मको यात्रमा सहयोग गर्ने आमपाठक, विज्ञापनदाता, सुझावकर्ता सबैमा धन्यवाद व्यक्त गर्दछौं । यहा“हरूको साथ निरन्तर रहने अपेक्षा पनि गरेका छौं । समृद्धिको अभियानलाई सफल बनाउन, नागरिकको आवाजलाई अभिव्यक्त गर्ने माध्यम सिर्जना गर्ने र पत्रिकालाई स्थापित गर्न अहोरात्र खटिने सम्पादकीय नेतृत्व, पत्रकार साथीहरू, सबै कर्मचारीप्रति आभार छ । प्रकाशन हु“दा गरिएका सैद्धान्तिक प्रतिवद्धताहरू हाम्रा लागि मार्ग दर्शन हुन् ।