Thursday, April 18, 2024
Homebreaking-newsदेउवाका समकक्षी पहिलो पटक सांसद

देउवाका समकक्षी पहिलो पटक सांसद

- Advertisement -spot_img

दाङ, १४ माघ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी पहिलो पटक सांसद बनेका छन् । देउवाका समकक्षी बाँकेका युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बनेका हुन् । नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा युवराज केन्द्रीय उपाध्यक्ष थिए ।

राजनीतिका सहपाठी देउवा पाँच पटकसम्म प्रधानमन्त्री भइसक्दा पनि युवराज भने पहिलो पटक सांसद बनेका छन् । राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट उनी निर्वाचित भएका हुन् । २०२७ सालमा भारतको बनारसबाट प्रतिनिधि भएर नेपाल विद्यार्थी संघको काठमाडौँ महाधिवेशनमा सहभागी भएका थिए । २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा यिनै शर्मा उपाध्यक्ष भएर काम गरेका थिए ।

उनी बाँकेको पार्टी सभापतिबाहेक अरू ठूलो पदमा अहिलेसम्म पुगेका थिएन । ओझेलमा रहेका शर्मा यसपटक देउवाले राष्ट्रिय सभासम्म पु¥याइ दिएका छन् । काँग्रेस बाँकेका पूर्व सभापतिसमेत रहेका ७१ वर्षीय शर्मालाई कुनै बेला पार्टी सदस्यता नरहने गरी काँग्रेसले कारवाही गरेको थियो । त्यसपछि सुशील कोइरालासँगको राजनीतिक टकरावले शर्मा राजनीतिमा उदाउन सकेका थिएनन् ।

२०४५ देखि २०४९ सालसम्म उनी काँग्रेस बाँकेको सभापति थिए । पार्टीमा योगदान धेरै भएपनि विगतदेखि हरेक अवसरबाट उनी बञ्चित हुँदै आएको उनका सहकर्मी बताउँछन् । पञ्चायत विरोधी गतिविधि गरेका कारण उनी २०२४ सालमा पहिलोपटक जेलसमेत परेका थिए । २०२४ सालपछि पटक–पटक गरेर आफू तीन÷चार वर्ष जति जेल बसेको उनी सम्झिन्छन् ।

देउवाका साथी, सुशीलसँग वारपार

पार्टीको राजनीतिमा रहँदा उनको नेता सुशील कोइरालासँग सुरूमा राम्रै सम्बन्ध थियो । २०४८ सालपछि भने कोइरालासँग बैचारिक द्वन्द्व सुरू भयो । कोइराला राजनीतिमा अगाडि बढ्दै गए । तर, शर्माले पार्टीको जिल्ला सभापतिबाहेक अरू कुनैपनि पद पाएनन् । कोइराला र शर्माबीच द्वन्द्व यसरी बढ्यो कि उनलाई हरेक अवसरबाट बञ्चित गराइयो ।

कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडि सारेर सांसद बनाए । शर्मालाई पार्टीले एकपटक पनि सांसदको टिकट दिएन । पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार–समेत बनेका थिए ।

शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन् । उनी काँग्रेसको १४औँ महाधिवेशनमा बाँकेको क्षेत्र नम्बर ३ बाट खसआर्य कोटामा महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका थिए ।

राष्ट्रिय सभामा निर्वाचित भएपछि शर्माले संवैधानिक र पार्टीको दायित्व पूरा गर्ने बताएका छन् । आफूले संविधानले दिएको ब्यवस्थाअनुसार पदीय दायित्व पूरा गर्ने नेता शर्माको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here